एनआईसी एशिया बैंक र नर्भिक इन्टरनेसनल हस्पिटलबिच सम्झौता

बिजनेसपाटी ४ भाद्र ।

एनआईसी एशिया बैंक लिमिटेड र नर्भिक इन्टरनेसनल हस्पिटल एण्ड मेडिकल कलेज, थापाथली बिच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकवर्गहरुलाई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका चिफ मार्केटिङ्ग अफिसर जयेन्द्र रावल र हस्पिटलको तर्फबाट नर्भिक इन्टरनेसनल हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहज्यूले हस्ताक्षर गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया