एनआईसी एशिया र गुराँस लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

बिजनेसपाटी २० भाद्र ।
एनआईसी एशिया बैंकले गुराँस लाईफ इन्स्योरेन्स कम्पनीसँग बैंकासुरेन्स सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकका ग्राहकले मुलुकभर फैलिएका २४१ शाखाहरुबाट सहज रुपमा गुराँस लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भटराईले हस्ताक्षर गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया