२०८२ फाल्गुन ६ | Feb 18, 2026

एनआईसी एशिया लघुवित्तको समिक्षा बैठक तथा कर्मचारी तालिम सम्पन्न

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ४
|
510 views

ललितपुर । एनआईसी एशिया लघुवित्तले प्रगति समिक्षा र रणनीतिक योजना बैठक सम्पन्न गरेको छ । भदौ २–३ सम्म चलेको बैठकमा अनुगमन अधिकृत र कर्जा असुली अधिकृतहरुको सीप, क्षमता अभिबृद्धिका लागि तालिम पनि प्रदान गरिएको थियो । संस्थाको वार्षिक कार्यक्रम अनुसार सञ्चालित बैठकमा सातै प्रदेशका प्रमुख, ३१ अनुगमन अधिकृत, ९ कर्जा असुली अधिकृत लगायतका ४७ कर्मचारीले तालिम प्राप्त गरेका छन् ।

रोयल बुटिक होटेल, काठमाडौंमा सञ्चालन गरिएको कार्यक्रममा संस्थाका सञ्चालक समिति अध्यक्ष प्रकाश राज शर्माले देश विदेशमा सञ्चालनमा रहेका लघुवित्त संस्थाहरुले गरेका राम्रा अभ्यास, लघुवित्त क्षेत्रमा आइ परेका समस्याहरु र कर्जा गुणस्तर कायम गर्न चाल्नुपर्ने असुली रणनीति बारे जानकारी प्रदान गरेका थिए भने सञ्चालक सदस्य बलराम पौडेलले शाखामा प्रभावकारी अनुगमन गर्न चाल्नुपर्ने कदम तथा तौर तरिका, सिद्धान्त आदिका बारेमा उदाहरणहरु दिई कर्मचारीहरुलाई उत्प्रेरित गरेका थिए ।

यसैगरी प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशी, नायव प्रमुख कार्यकारी अधिकृत मेष बहादुर बस्नेत, सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरे, सहायक महाप्रबन्धक राजेन्द्र न्यौपाने लगायत विभिन्न विभागका विभागीय प्रमुखहरुले दैनिक कार्य सञ्चालनलाई प्रभावकारी कार्यान्वयन गर्न देखा परेका समस्या तथा त्यसको समाधानका लागि चाल्नु पर्ने आवश्यक कदमका बारेमा आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए । कार्यक्रम गत आर्थिक वर्षको कार्य प्रगतिको समीक्षा गर्नुका साथै चालु आ.व.को लागि राखिएका लक्ष्य हासिल गर्नको लागि आवश्यक रणनीति तर्जुमा गर्दै सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया