एनआईसी एशिया लघुवित्तको अध्यक्षमा राठी चयन

काठमाडौं ०९ फागुन २०७९,।

एनआईसी एशिया लघुवित्तको सञ्चालक समितिको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त भएका छन् । फागुन ८ गतेको सञ्चालक समितिको बैठकले सन्तोष कुमार राठी र दिनेश भारीलाई सञ्चालकमा नियुक्त गरेको थियो । राठी र भारी एनआईसी एशिया बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै सञ्चालकमा नियुक्त भएका हुन ।

फागुन ५ गतेदेखिनै लागू हुने गरी बाँकी कार्यकालका लागि राठी र भारीलाई सञ्चालकमा नियुक्त गरिएको हो । यस अघि एनआईसी एशिया बैंकको तर्फबाट कम्पनीमा कपिल ढकाल र प्रकाश बरालले सञ्चालकको जिम्मेवारी पाएका थिए ।

एनआईस एशिया बैंकको ५९० औं बैठकले ढकाल र बराललाई फिर्ता बोलाउने निर्णय गर्दै सन्तोष कुमार राठी र दिनेश भारीलाई प्रतिनिधि सञ्चालकमा मनोनयन गरी पठाउने निर्णय गरेको हो । एनआईसी एशिया लघुवित्तको फागुन ८ गतेको सञ्चालक समितिको बैठकले राठीलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया