२०८२ फाल्गुन ६ | Feb 18, 2026

एनआईसी एसिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी पोर्टलमा उपलब्ध

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २
|
1.1k views

ललितपुर । एनआईसी एसिया बैंकको नाममा रहेका बैंकिङ सम्पत्ति, गैर बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्ति समेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी अब एउटै पोर्टलमा पाइने भएको छ ।

बैंकले सञ्चालनमा ल्याएको अनलाइन पोर्टल मार्फत लिलाम बिक्री गर्ने सम्पत्तिसम्बन्धी सम्पूर्ण सूचनाहरूको बारेमा विस्तृत जानकारी दिइनेछ ।

यसका लागि ग्राहकले लिलाम बिक्री सम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टल ‘अक्सनएसिस्टेन्स डट् एनआईसी एसिया बैंक डट् कम’ (https://auctionassistance.nicasiabank.com) भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिको कित्ता नम्बर तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवम् उक्त सम्पत्तिको स्थान (लोकेसन) पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारी प्राप्त हुनेछ ।

बैंकले लिलाम बिक्रीमा राखिएको सम्पत्तिको सम्बन्धमा खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा ग्राहकले सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सक्नेछन् ।

बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाइन पोर्टलमा नियमित रुपमा बैंकिङ सम्पत्ति, गैर बैंकिङ सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रही लिलाम बिक्रीमा रहेको सम्पत्ति र लिलाम बिक्री सम्बन्धी अन्य सूचना प्रकाशित गरिने हुँदा खरिद गर्न इच्छुक ग्राहकले अनलाइन पोर्टलको लिंकबाटै बिक्री हुने सम्पत्तिको विस्तृत विवरणहरू सहितको जानकारी तथा लाभ लिन सक्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया