एनआरएन इन्फ्रास्ट्रक्चरको शेयर रजिष्ट्रार सम्बन्धी सेवा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गले प्रदान गर्ने

BusinessPati बिजनेस पाटी
|
२०८१ श्रावण १७
|
408 views

ललितपुर - काठमाडौं १७, साउन २०८१-एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ ।आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त बस्यालले शेयर रजिष्ट्रार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।सम्झौतासँगै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयर दाखिल खारेज, नामसारी, अभौतिकिकरण, लाभांस वितरण लगायत शेयर रजिष्टे«शन सम्बन्धी सम्पूर्ण कार्यहरु नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडबाट हुनेछ ।

यस एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड मिति २०६९÷०५÷३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई आफ्नो उद्देश्य अनुरुप विभिन्न जलविद्युत, पर्यटन, होटल, बीमा, सञ्चार लगाएतका परियोजनाहरुमा लगानी सम्बन्धी काम÷कारोबार गर्दै आइरहेको छ । यस कम्पनीका संस्थापक शेयरधनीहरु विद्युत, बैंक÷वित्तीयक्षेत्र, शैक्षिक क्षेत्र एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार÷व्यवसायका साथै व्यवस्थापन क्षेत्रमा लामो समयदेखि दखल भएका प्रतिष्ठित व्यत्तिहरु रहेका छन्।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बंैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानि ब्यबस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्वन्धि सेवा प्रदान गर्दै आइरहेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube