एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर २७
|
1.1k views

ललितपुर -
ललितपुर । प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल प्रिमियर लिग (एनपिएल) को आज फाइनल प्रतिस्पर्धा गर्ने दुवै टिमलाई शुभकामना व्यक्त गरेकी छन् । उनले आज सामाजिक सञ्जाल (फेसबुक)मार्फत सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवैलाई शुभकामना व्यक्त गरेकी हुन् ।

उनले भनेकी छन् , “यस उत्सवले सिङ्गो देशलाई जिताएको छ, जगाएको छ । सारा नेपालीलाई जोड्दै, सुरक्षा संशय चिर्दै नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश विश्वभर पुर्‍याएको छ ।”

 पात्रो/राशिफल  रेडियो YouTube