|
|
२०८२ मंसिर २३
918 views

ललितपुर - ललितपुर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयाल्स र विराटनगर किंग्स भिड्दैछन्। यी दुई टोली बीच आज टीयू अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा साँझ ४ बजे खेल सुरु हुनेछ।
लिगको ७ खेलमध्ये ६ खेलमा जित हासिल गरेर १२ अंकसहित सुदूरपश्चिम क्वालिफायरमा पुगेको हो। लिग चरणमा सुदूरपश्चिम विराटनगर किंग्ससँग ६ विकेटले पराजित भएको थियो।
दोस्रो स्थानमा रहेको विराटनगरले भने लिग चरणमा १० अंक जोडेको थियो। विराटनगरलाई लिग चरणमा चितवन राइनोज र लुम्बिनी लायन्सले पारजित गरेको थियो।
यस खेलमा विजेतो टोली सिधै फाइनलमा पुग्नेछ। पराजित हुने टोलीले भने एलिमिनेटरको विजेता टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ। दोस्रो क्वालिफायर विजेता फाइनलमा पहिलो फाइनलिस्टसँग उपाधिको लागि खेल्नेछ।

बिजनेस पाटी