२०८२ फाल्गुन ६ | Feb 18, 2026

एनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रह

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख ५
|
714 views

काठमाडौं । कर्पोरेट मिडियाकी उपाध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य संघ काठमाडौं (एनसीआईसीके) की सचिव सुष्मा महराले अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेकी छिन् ।

साना तथा मझौला व्यवसायीहरूको समस्याबारे जानकारी गराउन सचिव महराले अर्थ मन्त्रालयमै गएर मन्त्री पौडेलसँग भेटवार्ता गरेकी हुन् ।

बिहीबार भएको भेटमा उनले काठमाडौंका व्यापारी व्यवसायीहरूले भोगिरहेको विभिन्न समस्याहरूबारे अर्थमन्त्री पौडेललाई जानकारी गराएकी छिन् । भेटमा सचिव महराले  आगामी आर्थिक वर्षको बजेटमार्फत साना तथा मझौला व्यवसायीहरूलाई समेटेर अघि बढ्न सुझावसमेत दिएकी थिइन।

वरिष्ठ सौन्दर्यविद् समेत रहेकी महराले बाहिरबाट हेर्दा नीतिगत भ्रष्टाचार मुलुकको जटिल समस्या भएको चर्चा गर्दै त्यसलाई न्यूनीकरण गरी निर्मुल पार्ने योजना बनाउन मन्त्री पौडेल र सरकारलाई सुझाव दिएकी छिन् ।

भेटका अवसरमा अर्थमन्त्री पौडेलले वर्तमान सरकारको कार्यशैलीले सरकार व्यापारी, व्यवसायी र उद्योगीको पक्षमा रहेको पुष्टि गरिसकेको भन्दै प्राप्त सुझावहरूलाई अधिकतम कार्यान्वयनतर्फ लगिने विश्वास व्यक्त गरे । व्यवसायीको मर्का बुझेरै सरकारले विभिन्न अध्यादेश जारी गरी सहजीकरण गरेको मन्त्री पौडेलको भनाइ थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया