२०८२ श्रावण २

ललितपुर । एन आई सी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई नेपाल सरकारले प्रदान गर्ने महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआईपी)बाट सम्मानित भएका छन् । मुलुकको वाणिज्य क्षेत्र, निर्यात तथा समग्र अर्थतन्त्रमा विशेष योगदान पु¥याएको भन्दै नेपाल सरकारले मिति २०८२ आषाढ ३२ गते उनलाई सम्मान गरेको हो ।
नेपाल सरकारले मुलुकको अर्थतन्त्र तथा वाणिज्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने विशेष व्यक्तिहरुलाई उक्त सम्मान प्रदान गर्दै आएको छ ।
मुलुकको आर्थिक विकासमा विशेष योगदान गरी नेपाल सरकारले प्रदान गर्ने सीआईपी जस्तो महत्वपूर्ण सम्मानबाट शुशोभन भएकोमा संचालक संघईप्रति बैंकको तर्फबाट समेत बधाई ज्ञापन गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया