२०८२ आश्विन १६ | Oct 02, 2025

एन आई सी एशिया बैंकद्वारा मास्टरकार्ड सेवाको शुभारम्भ

BusinessPati बिजनेस पाटी
|
२०८१ असार १७
|
153 views

काठमाडौं १७ असार-डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै लाखौं ग्राहक महानुभावहरुमा गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ Mastercard Issuance सेवा शुभारम्भ गरेको छ । आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमका बीच उक्त कार्ड Issuance सेवाको शुभारम्भ गरेको हो ।

डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिनेMastercard बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् । जसमा अत्याधुनिक सुरक्षा प्रविधि (EMVchip) तथा अत्याधुनिक contactless प्रविधि समेत प्रयोग गरिएको छ । यस कार्डमार्फत ग्राहकहरुले नेपाल, भारत र भुटानबाट ATM withdrawal साथमा Posतथा ई–कमर्श भुक्तानी लगायतको सुविधा उपभोग गर्न सक्नेछन् । ‘डिजिटल फष्ट’ बैंकको रुपमा आफूलाई स्थापित गर्न लागिरहेको बैंक र विश्वविख्यातMastercard बीचको यो सहकार्यले नेपालको बैंकिङ्ग क्षेत्रलाई थप उचाइमा पु¥याउँन ठोस योगदान दिने बैंकले विश्वास लिएको छ । कार्ड बैंकिङ्ग सेवा प्रदायकको रुपमा मुलुकका अग्रणी वाणिज्य बैंकको रुपमा रहेको एन आई सी एशिया बैंकले हालसम्म visa कार्डबाट सेवा प्रदान गरिरहेको थियो ।

एन आई सी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २३ अर्ब ७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ६१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया