२०८२ भाद्र ६ | Aug 22, 2025

एन आई सी एशिया बैंक र नगरकोट सामुदायीक होमस्टेबीच सहकार्य

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ३२

ललितपुर । एन आई सी एशिया बैंक र नगरकोट सामुदायीक होमस्टेबीच यस बैंकका ग्राहकहरुलाई होमस्टे सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको
छ । यस सम्झौतासँगै अब यस बैंकका ग्राहकहरुले नगरकोट सामुदायीक होमस्टेमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुटको विशेष सुविधा प्राप्त गर्न सक्नेछन् ।
चाँगनारायण, भक्तपरमा अवस्थित होमस्टेको सेवा लिई ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ्ग सेवा मार्फत भुक्तानी गर्दा
उक्त छुट सुविधा उपभोग गर्न सक्ने छन् ।

वित्तीय समावेशीकरण तथा डिजिटल सशक्तिकरणमा डिजिटल भुक्तानीलाई प्रवद्र्धन गरिरहेको यस बैंक र होमस्टेबीचको यस साझेदारीले ग्राहकरुलाई सरल, सहज,सुरक्षित डिजिटल भ्क्तानी सुविधा उपलब्ध ह्नुका साथै दिगो ग्रामीण पर्यटन विकासमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया