२०८२ भाद्र ६ | Aug 22, 2025

एन आई सी एशिया बैंक २८ औं वर्षमा प्रवेश

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ५

ललितपुर । एनआईसी एशिया बैंक आइतबार २८ औँ वर्षमा प्रवेश गरेको छ । २७ वर्षअघि आजकै बैंकले आफ्नो सेवा सुरु गरेको थियो ।

सोही आत्मीय सहयात्राको फलस्वरुप आज सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै २७ औं वार्षिकोत्सव मनाउन सफल भएको बैंकले जनाएको छ ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारासहित अघि बढेको बैंकले यो अवधिमा साथ सहयोग गर्ने ग्राहक, नियमनकारी निकायहरू, सेयरधनी, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरू सबैलाई धन्यवाद दिएको छ ।

‘२७ वर्षअघि आजकै दिन सम्पूर्ण सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने दृढ संकल्पका साथ शुरू भएको हाम्रो अतुलनीय यात्रा यहाँसम्म आइपुग्दा देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै हामी २७ औं वार्षिकोत्सव मनाउन गइरहेका छौं’, बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया