२०८२ फाल्गुन ६ | Feb 18, 2026

एपिएफले आफ्ना उत्कृष्ट तथा पूर्व खेलाडीलाई सम्मान गर्दै

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र १९
|
765 views

काठमाडौं । २०८१ मा उत्कृष्ट प्रदर्शन गर्ने आफ्ना खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई विभागीय टोली सशस्त्र प्रहरी बलको
एपिएफ क्लबले सम्मान गर्ने भएको छ।

आगामी शुक्रबार एपिएफ क्लबका अध्य,उपरीक्षक विकास घिमिरेले अवार्ड हुने जानकारी गराएको हो ।

कार्यक्रममा वर्ष उत्कृष्ट हुने पुरुष र महिला खेलाडी, युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट टिम तथा मोस्ट पपुलर
प्लेयरले जनही नगद ५० हजार प्राप्त गर्नेछन्। त्यस्तै, लाइफ टाइम अचिभमेन्ट, स्पेसल अवार्डबाट विभिन्न
व्यक्तित्व सम्मानित हुँदै छन्।
एपिएफका पूर्वखेलाडी तथा प्रशिक्षकलाई सम्मान कार्यक्रम हलचोकस्थित कृष्णमोहन स्मृति भवनमा हुने छ।
क्लबले पहिलोपटक खेलाडीलाई एपिएफ आइजी कमेन्डेसन अवार्ड पनि प्रदान गर्ने भएको छ।

नेपाली खेलकुदमा एपिएफ क्लबले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। आफ्ना खेलाडीलाई प्रोत्साहनस्वरूप
यो अवार्ड आयोजना गर्न लागिएको एपिएफले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया