एभरेस्ट बैंकको १३२औं शाखा सिन्धुलीमा

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ७
|
510 views

ललितपुर - काठमाडौं । एभरेस्ट बैंकले सिन्धुलीको कमलामाई नगरपालिका–६ मा आफ्नो १३२औं शाखा विस्तार गरेको छ । बैंकको यो शाखा विस्तारसँगै बागमती प्रदेशमा शाखा संख्या ४७ पुगेको छ ।

यस शाखाको विस्तारसँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ सुविधा लिन सक्ने विश्वास बैंकको छ । शाखा उद्घाटन कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेल र बैंक सञ्चालक समिति अध्यक्ष डा. बालगोपाल वैद्यले संयुक्त रूपमा गरेका थिए ।

      उद्घाटन समारोहमा कमलामाई नगरपालिका–६ का अध्यक्ष उज्वलकुमार थापा, सिन्धुली उद्योग वाणिज्य संघ वरिष्ठ उपाध्यक्ष देवनारायण श्रेष्ठ, प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा बैंकका कर्मचारी लगायत स्थानीयको उपस्थिति थियो । नगरपालिकाका मेयर पोखरेलले बैंकको उपस्थितिसँगै बैंकले गुणस्तरीय सेवा, सुविधा र सन्तुलित लगानी गर्ने विश्वास प्रकट गरे ।

      बैंक सञ्चालक समिति अध्यक्ष वैद्यले एभरेस्ट बैंकको शाखा कार्यालय सिन्धुलीमा सञ्चालनमा आएसँगै यहाँका बासिन्दालाई सबल, सरल, उत्कृष्ट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गरे ।

       पात्रो/राशिफल  रेडियो YouTube