एमालेको र्याली भृकुटीमण्डप तर्फ (तस्वीरमा)

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १५
|
714 views

ललितपुर - काठमाडौँ । यतिबेला काठमाडौं उपत्यकामा नेकपा एमालेले आयोजना गरेको गणतन्त्र उत्सवका लागि विभिन्न ठाउँबाट झाँकीसहितको र्‍याली कार्यक्रमस्थल भृकुटीमण्डप पुगिसकेको छ ।

नेकपा एमालेले यस वर्षको १८ औँ गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाउन सबैलाई आ–आफ्नो भेसभुसा, सांस्कृतिक झाकी र्‍यालीसहित उपस्थिति हुन आह्वान गरेको थियो । यतिबेला एमालेको गणतन्त्र उत्सव र्‍याली पद्मकन्या क्याम्पस, बागबजार अगाडिबाट, अनामनगरसहित विभिन्न स्थानबाट आ–आफ्नो भेसभुसा,सांस्कृतिक झाकीसहितको र्‍याली प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा पुगिसकेको छ ।

      आजको एमालेको र्याली भृकुटीमण्डपबाट रत्नपार्कमा पुगेर सम्बोधनसहित समापन हुने छ ।

      तस्वीरमा यस्तो देखियो र्याली

       

       पात्रो/राशिफल  रेडियो YouTube