एमालेको सचिवालय बैठक बस्दै

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ११
|
357 views

ललितपुर - ललितपुर ।  नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुनेछ ।

एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा विधान महाधिवेशन गर्ने तयारी गरेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube