२०८२ भाद्र ६ | Aug 22, 2025

एमालेभित्रै भ्रम फिजाउनेहरु तत्त्वहरू सक्रिय छन् – ओली

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २५

ललितपुर । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरूले एमाले कांग्रेसको सहकार्य भड्काउन प्रयास गरिरहेको बताएका छन् । आइतबार काठमाडौंमा पार्टीनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २४औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले अब १३ महिनापछि फेरि नेपाली कांग्रेसलाई नेतृत्व सुम्पिने दोहोराएका छन् ।

यस्तै उनले एमालेभित्र फाटो ल्याउन केहीले भ्रम फिँजाउन खोजिएको आरोप पनि लगाए । उनले अहिले भ्रम फिँजाउने तत्त्वहरू सक्रिय भएको र एमालेभित्रै भ्रम फिजाउनेहरु रहेको बताए ।

ओलीले ७० वर्षे उमेर हद फेल खाएको भन्दे उमेर होइन कार्यक्षमता हेर्नुपर्ने बताए । चीनका राष्ट्रपति सी जिनपिङको उदाहरण दिँदै उनले एमालेमा पनि उमेर हद फेल खाएको बताएका हुन् । एमालेको नवौँ महाधिवेशनले अध्यक्ष पदका लागि ७० वर्षे उमेर हद लगाएको थियो । ओलीले १० औँ महाधिवेशनपछि विधानमा भएको उमेर हद व्यवस्थालाई निलम्बन गरेका थिए । प्रधानमनत्री ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत ०६४ सालको जस्तै लहर आइसक्यो भन्ने गरेको र बहुमत ल्याउने सपना देखिरहेको उल्लेख गरे ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया