२०८२ आश्विन १६ | Oct 02, 2025

एमालेले बोलायो सचिवालय बैठक

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र १७
|
1.2k views

ललितपुर । सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । भदौ २० देखि २२ सम्म हुने २ दिने विधान अधिवेशनको पूर्व तयारीका लागि सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभागले जानकारी दिएको छ ।

विभागका अनुसार, बैठक विहीबार दिउँसो ३ बजे एमाले पार्टी केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बस्ने भएको छ ।

सचिवालयका अनुसार उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनउपर छलफल हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया