२०८२ भाद्र ६ | Aug 22, 2025

एमालेले सचिवालय बैठक बस्दै

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख २१

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ । आइतबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो । आइतबार दिउँसो २ः०० बजे बैठक सचिवालय बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख जानकारी गराएका छन् ।

विभाग प्रमुखका अनुसार आजको सचिवालय बैठकमा सरकारले जेठ १५ गते संघीय संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक परिस्थिति र पार्टीका गतिविधिबारे छलफल हुने एमालेले जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया