२०८२ भाद्र ७ | Aug 23, 2025

एमाले अध्यक्ष ओली प्रधानमन्त्री पदमा नियुक्त

BusinessPati बिजनेस पाटी
|
२०८१ असार ३०

काठमाण्डौ ३० असार २०८१ 

नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।

राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए । सो आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन शीतल निवासमा १६६ सांसदको समर्थनमा शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

 नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ सोमबार बिहान ११ बजे हुने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया