एमाले केन्द्रीय सचिवालय बैठक सुरु, अध्यक्ष ओलीले सम्बोधन गर्दै

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २९
|
1.7k views

ललितपुर - ललितपुर। भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन र त्यसले सृजना गरेको विषम परिस्थितिपछि नेकपा एमालेले केन्द्रीय कमिटि बैठक बोलाएको हो । बैठक आजदेखि ३ दिनसम्म जारी रहने केन्द्रीय सचिवालयले जानकारी गराएको छ ।

आजबाट सुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भइसकेको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् ।

ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

ओलीको प्रतिवेदनमा, आफ्नो कार्यकालमा गरेका कामको समीक्षा, समसामयिक राजनीति, जेनजी आन्दोलन, घुसपैठ, व्यक्ति र सार्वजनिक सम्पत्तिको तोडफोड लगायतका विषय समेटिएका छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube