
नवलपुर । देवचुली नगरपालिका वडा नं. २ स्थित दुम्कौली चोकमा आज (सोमबार) विहान सवारी दुर्घटना भएको छ । घटनापश्चात् उपचारका क्रममा एकजनाको मृत्यु भएको छ भने ६ जना सख्त घाइते भएका छन्।
बुटवलबाट नारायणघाटतर्फ आइरहेको ना ४ च १६४६ नम्बरको एम्बुलेन्स र नवलपुरको रजहर चोकबाट दुम्कौलीतर्फ गइरहेको स्कुल बस एकआपसमा ठोक्किएका थिए । बस केउरेनीस्थित दिव्य एकेडेमी बोर्डिङ स्कुलको बा २० च ७२ भएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका भ्यानका चालक कुलप्रसाद सुबेदीको उपचारका क्रममा मृत्यु भएको छ । देवचुली नगरपालिका–१ निवासी ५२ वर्षीय सुवेदीलाई दुर्घटना पश्चात् उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर चितवन लगिए पनि उपचारको क्रममा उनको मृत्यु हो ।
दुर्घटनामा परि एम्बुलेन्समा सवार ३ जना बिरामी घाइते भएका छन्। घाइतेमध्ये रुपन्देही, बुटवल उपमहानगरपालिका–३ गोलपार्क निवासी ३६ वर्षीया लक्ष्मी राईको टाउकोमा चोट लागेको छ भने २५ वर्षीया इसु राई र २५ वर्षीया स्नेहा परियारको अनुहारमा चोट लागेको छ। तिनीहरुको अवस्था मध्यम रहेको र थप उपचारका लागि चितवन पठाइएको प्रहरीले जानकारी दिएको छ ।
त्यसैगरी,स्कुल भ्यानमा सवार दुईजना विद्यार्थीहरू देवचुली–१७ निवासी १० वर्षीया आयुसा गौतम र ६ वर्षीया सोखनिया रोक्का सामान्य घाइते भएको र स्थानीय भविष्य पोलिक्लिनिकमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया