राजु के.सी.
आजको युगमा हरेक मान्छे स्वस्थ रहन चाहन्छ।यसको लागि नै उसले हरेक दिन सबै दिनचर्या सोही अनुरूप मिलाएको हुन्छ।जब रोग लाग्छ यसको निदान सबै भन्दा जरुरी हुन्छ।यसमा उ प्रत्यक्ष अप्रत्यक्ष स्वास्थ्य संस्था, चिकित्सक परामर्शका साथ साथै उपयुक्त औषधिको आधार लिन्छ।बिरामीको रोग निदानमा योग्य डाक्टरले रोग पहिचान गर्न सक्छन् तर निको हुन त्यो भन्दा पनि सही र गुणस्तरीय औषधिकै भूमिका हुन्छ।अन्यथा बिरामीको रोगको सही निदान र उहाँहरूले गरेको आर्थिक खर्चको उचित न्याय नहुन सक्छ।
तर यसै परिपेक्षमा एउटा पेसाकर्मी पनि अप्रत्यक्ष रूपमा बिरामीको स्वास्थ्य लाभ प्रक्रियामा जोडिएको हुन्छ।उ हो कम्पनीको प्रतिनिधि अर्थात् बुझ्ने भाषामा “एम आर” अर्थात् “मेडिकल रिप्रेजेन्टेटिव”।एम आर को बिरामी सँग प्रत्यक्ष रोग निदानको क्रममा भूमिका देखिँदैन तर अप्रत्यक्ष रूपमा बिरामीको रोग निदानमा उ कहीँ न कहीँ जोडिएको हुन्छ।जसलाई धेरै पक्षले त्यति बुझेका हुँदैनन्।एम आर एउटा युवा उमेरका तालिम प्राप्त औषधी कम्पनीको प्रतिनिधिको रूपमा स्वास्थ्य छेत्रका विज्ञ,चिकित्सक तथा हरेक औषधी व्यवस्थापक सँग जोडिएर काम गर्छ।चिकित्सक भेट्नु उसको प्रमुख जिम्मेवारी भित्र पर्छ जहाँ उसले चिकित्सकलाई आफ्नो उत्पादनको धेरै पक्षको जानकारी गराउँछ।त्यसमा वर्तमान अवस्थामा उसको कम्पनीले ल्याएको गुणस्तरीय उत्पादन र त्यस सँग जोडिएको टेक्नोलोजीकल पक्ष, नयाँ प्राविधिक सुधारका अद्यावधिक गर्नु, औषधिको सही प्रयोग र त्यसको जोखिम पक्षको जानकारी गराउनु लगायत यसको सहज उपलब्धताको लागि बिरामी पक्षको झन्झटलाई कम गर्नु हो।त्यस्तै भवितव्य बस कुनै औषधिको गुणस्तरीय र कुनै टेक्नोलोजीकल त्रुटिको जानकारी आए त्यसलाई कम्पनीको गुणस्तर विभाग सँग पुर्याइ आवश्यक सुधारको पहल गर्नु पनि एम आरको दायित्व भित्र पर्छ।
एम आर स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा जोडिएको हुनाले कम्तीमा दिनको १० घण्टा भन्दा बढी खटिने गरेका हुन्छन्।उनीहरू कम्पनी व्यावसायिक उन्नतिको आधार हुनाले कम्पनीको आर्थिक सामाजिक उत्तरदायित्व बोझ पनि उनीहरूको काँधमा हुन्छ।यसले गर्दा हरेक स्थिति परिस्थितिमाको चुनौतीको सामना गर्दै अहोरात्र खटिने गर्छ।विभिन्न दैविक प्रकोप होस या आन्दोलन जस्तो विषम परिस्थिति औषधी सेवालाई सहजीकरण गर्नु उसको दायित्व हुन्छ।हालसालै भएको आन्दोलन पनि घाइतेको सेवामा कयौँ अस्पताल र स्वास्थ्यकर्मी सँग एम आर खटिएका यथार्थ छ।यस्तै व्यावसायिक प्रतिस्पर्धाबाट औषधी कम्पनीले सधैँ आफू स्थापित हुने कोसिस गर्छन्।जसमा विभिन्न गुणस्तरीय मापदण्ड र चिकित्सकको प्रयोगमा खरो उत्रिन पनि आवश्यक हुन्छ।त्यसको लागि कम्पनीका प्रतिनिधिको रूपमा एम आर खटिन्छन्।जसको काम हुन्छ कम्पनीको गुणस्तरीय औषधी उत्पादनलाई चिकित्सकको माध्यम हुँदै बिरामी सम्म पुर्याउनु ।यो विश्वव्यापी मान्यता प्राप्त प्रक्रिया पनि हो।तर प्रतिस्पर्धा को क्रममा हुने केही अस्वस्थ प्रक्रियाहरू सधैँ गुणस्तरीयमा विश्वास गर्ने कम्पनीहरूको लागि चुनौती बन्ने गर्छ।
एम आरको अत्यावश्यक रेगुलर भिजिटको सधैँ केही अस्पतालले व्यवस्थित गर्नु भन्दा बन्देजलाई समाधान देख्छन् जुन अत्यन्त अव्यवहारिक र प्रतिउत्पादकात्मक छ किनकि बिरामीको रोग निदान गर्ने त्यस्ता औषधिको हर पहिलो प्रतिक्रिया चिकित्सक हुँदै एम आर बाट नै आवश्यक समन्वय र समाधान पनि गरिरहेका हुन्छन्।जसबाट आफ्नो उत्पादनको सही मूल्याङ्कन र आवश्यकता अनुसार गुणस्तरमा थप सुधार गर्ने एउटा चेन र सिस्टम बनेको हुन्छ।हो गुणस्तरको सवालमा यसलाई नियमन गर्ने सम्बन्धित निकायहरू चनाखो र चुस्त हुन जरुरी छ।मूल्य र गुणस्तरको सवालमा ती सरकारी नियमन निकायले खुट्टा नकमाई अनुगमन गर्ने र अन्य लाभमा नपरी स्वस्थ पारदर्शी सेवा दिन भने जरुरी छ।अन्त्यमा हरेक पेसा व्यवसायको आफ्नै पेसागत अप्ठ्यारो र चुनौती सँगै हुने र अन्य सेवा सँग ती पेसा व्यवसायीको प्रत्यक्ष अप्रत्यक्ष सम्बन्ध हुने हुनाले उक्त पेसा व्यवसायीको पनि रोजगारी देखि अन्य आवश्यक भूमिका चुनौतीलाई मूल्याङ्कन गरी अस्पतालहरूले सहजीकरण गर्नु पर्दछ।अन्त्यमा स्वस्थ समाजले सबै पेसाको हक हित र मर्यादालाई मध्यनजर गर्नु पर्दछ।कूचीकारले धुलो उडायो भनेर कुचो लगाउन रोक्ने कि त्यसलाई सही समयमा कार्यान्वयन गर्ने लगाउने यसको सुझबुझ पनि जरुरी छ।अन्त्यमा घाम पानी नभनी गाली ताली सही अविरल गुणस्तरीय औषधिको प्रवर्द्धनमा लाग्नु हुने सम्पूर्ण देशको कर्णधार युवा युवति जो देशमै रोजगारी गरी आफ्नो परिवारको तथा देशको सेवा गर्ने एम आर भाइ बहिनीहरू उच्च सम्मानका हकदार छन्। धन्यवाद।
(लेखक विगत १९ वर्ष देखि यही पेसामा आबद्ध छन्)।



















फेसबुकबाट तपाईको प्रतिक्रिया