२०८२ फाल्गुन ६ | Feb 18, 2026

एयर इन्डिया विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २६५ पुग्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ३०
|
306 views

ललितपुर । विहीबार भएको एयर इन्डियाको विमान दुर्घटनामा मुत्यु हुनेको संख्या २६५ पुगेको छ। हिजो दिउँसो अहमदाबादबाट लण्डन जाँदै गरेको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर दुर्घटनाग्रस्त भएको थियो। प्रहरीका अनुसार हालसम्म २६५ शव सिभिल अस्पतालमा ल्याइएको छ।

जहाजमा २४२ यात्रु सवार थिए। तीमध्ये २४१ जनाको मृत्यु भइसकेको छ भने घाइते एकजनाको उपचार भइरहेको छ। ज्यान गुमाउने अन्यमा अहमदाबादको मेघाना नगर क्षेत्रमा रहेको बीजे मेडिकल कलेज र सिभिल अस्पताल क्याम्पससँग सम्बन्धित व्यक्ति रहेको बुझिएको छ।

उडान भरेको ३० सेकेण्डमै विमान नियन्त्रणबाहिर गएर अस्पतालको स्टाफ क्वार्टरमा खसेको थियो। धेरै शवहरूको डीएनए परीक्षण गर्न बाँकी रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

२०११ मा व्यावसायिक सेवामा प्रवेश गरेपछि ७८७–८ ड्रीमलाइनर घातक दुर्घटनामा परेको यो पहिलो पटक हो । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया