२०८२ फाल्गुन ६ | Feb 18, 2026

एलजीबीटीआईका लागि सुलभ स्वास्थ्य सेवा, न्यूनतम शुल्कमा स्वास्थ्य परीक्षण

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ७
|
459 views


काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक ९एलजीबीटीआई० समुदायलाई लक्षित गरी काठमाडौँको थापाथलीमा सुलभ र समावेशी स्वास्थ्य सेवा सुरु हुने भएको छ। ‘मायाको पहिचान नेपाल’ र ‘एक एक पाइला सामुदायिक स्वास्थ्य संस्था’ को सहकार्यमा यो विशेष कार्यक्रम सुरु हुन लागेको हो।

थापाथलीस्थित नेपाल राष्ट्र बैङ्कको कार्यालय अगाडि रहेको ‘एक एक पाइला’ संस्थामा अब एलजीबीटीआई समुदायका व्यक्तिहरूले न्यूनतम शुल्कमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सेवा लिन सक्नेछन्।

सेवा सुरु गर्नुअघि मायाको पहिचान नेपाल र एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्रका प्रतिनिधिबीच छलफल भएको छ। स्वास्थ्य सेवा प्रदान गर्ने मोडालिटीबारे कुराकानी भएको छ।

संस्थाका अनुसार सामान्य परामर्श शुल्क रु। १५० र विशेषज्ञ परामर्श शुल्क रु। ३०० मात्र निर्धारण गरिएको छ। साथै, यौन रोग ९एसटिडी० उपचार, एचआइभी परीक्षण, यौन स्वास्थ्य स्क्रिनिङ जस्ता सेवाहरू अत्यन्त सुलभ दरमा उपलब्ध हुनेछन्।

यो कार्यक्रम संविधान सभाका सदस्य तथा ‘मायाको पहिचान नेपाल’का कार्यकारी निर्देशक सुनिलबाबु पन्त र लिड नेपालकी कार्यकारी निर्देशक तथा तेस्रोलिंगी मानवअधिकारकर्मी नुमा लिम्बु ९चञ्चला० को पहलमा अघि बढाइएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया