ओरालो लाग्दै शेयर बजार : प्रि ओपन सेसनमा साढे १ अंकले घट्यो नेप्से

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण १९
|
510 views

ललितपुर - ललितपुर । पछिल्ला तीन कारोबारदेखि शेयर बजारमा निराशा छाएको छ । साताको दोस्रो कारोबार दिन पनि प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक घटेर बन्द भएको छ।

आइतबार अर्थात् अघिल्लो कारोबार दिन ६३.७३ अंक घटेर २८५८.९० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.६३ अंक घटेर २८५७.२६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.७७ अंक घटेको छ।

यस्तै, आज प्रि ओपन सेसनमा ६५ स्टकको २०१ पटकको कारोबारमा ४६ लाख ५ हजार २२७ रुपैयाँ ५० पैसाबराबरको १० हजार ३९१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २६ स्टकको मूल्य बढेको छ भने ३५ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

 पात्रो/राशिफल  रेडियो YouTube