
ललितपुर - म यो कुरा लुकाउँदिन, मसँग झ्याली भए, झ्यालीलाई जतै पनि बजाउँदै यो भन्न सक्छु, तत्कालीन प्रधानमन्त्री केपी ओली दूधले नुहाएका होइनन् । उनले महाकाली नदी भारतलाई हस्तान्तरण गर्ने जस्ता देशद्रोही हरकतमा आफूले चाहे अनुसारको महाकाली पास गर्ने अहम्ता नाटकीयका कारण महाकाली पास भयो । महाकाली पास हुँदा जीवनमा उनले गन्न पनि नभ्याउने गरी भारतीय नोटको याति खान लाग्यो । तत्कालीन महाकाली सन्धि पास गर्ने सांसदहरू सबैलाई १/१ करोड बुझाइएको थियो । त्यतिबेला सबै सांसदहरूले महाकालीबाट आयातित रकमबाट काठमाडौँमा घर ठड्याउन भ्याएका छन् । भोक र महामारीमा जुझ्दै चप्पलमा फिता सिलाउँदै हिँड्नेहरू काठमाडौँका क्षेत्रका आलिसान महल ठोकेर आफ््नो जीवनस्तर टेक्सी चढ्ने बनाउन भ्याएका छन् ।
त्यति मात्र होइन, एम.सी.सी.मा समेत के.पी. ओलीका भीख मङ्गाको जीवनशैलीमा राजकीय शान र ठाट ती देशघाती उपद्रवबाट आएका नक्कली भारतीय नोटको कमाललाई यहाँ फेरि स्मरण गराए । ओलीका यी हरकतलाई चोख्याउने अथवा लाज लुकाउने कुनै सन्यन्त्र छैन । उनीसँग विदेशी बैंकहरूमा अकुत सम्पत्ति थुपारिएको कुरालाई नकार्न सकिन्न । यी भए ओलीका नकारात्मक पाटो, जसलाई स्याबासी दिन मिल्दैन ।
ओलीको हरकतको अर्को पाटो
महाकालीमा ओलीलाई आर्थिक सम्पन्नतामा उकाल्नका लागि देवराज घिमिरेले ओलीलाई गुण लगाए अथवा आफ्नो प्रिय भूमिमाथि गद्दारी गर्दै भारतीय सरकारको पोल्टोमा हालिदिन तथा ओलीको मनचिन्ते चाहनालाई पूर्णतामा बदल्नका लागि देवराज घिमिरेको देशद्रोही हरकतका कारण नै महाकाली पास भएको हो । देशप्रति घात प्रतिघातमा तत्कालीन सांसद देवराज घिमिरेको देशद्रोही भूमिकाले नै अहम्ता पाएको कुरालाई नकार्न सकिन्न । यी माथिका फेहरिस्तले ओलीको घृणित र देशद्रोही हरकतलाई पत्रकारको नाताले अथवा यो पेशामा झण्डै–झण्डै ५ दशक विताइसकेको अनुभवले उजागर गर्दैछु ।
जीवनका ७४ वसन्तमा हिँड्दै छु । एउटा नेपालीले बाँच्नुपर्ने आयु पूरा गरेको छु । देशप्रतिको आफ्ना भावना, आवेग, एउटा पत्रकारको नाताले निर्वाह गरेको छु । लेखन स्तरमा पनि राष्ट्रको लागि आफूद्वारा बगाइने सिप र पसिना बगाएको छु । यसो भनिरहँदा स्वतन्त्र पत्रकारको हैसियतले यो जीवन देशलाई नै समर्पित गरिएको र त्यसको विकल्पमा अन्य केही खोजिएको छैन । बिहान–बेलुकाको जोहो टार्ने, मानु चामलको जोहो आदिको बन्दोबस्त मेरी हजुरआमाले गर्नुभयो । मेरो बडिबा एवम् बुबालाई जीवनका आधारहरू जङ्गल फोडेर खेती योग्य बनाउनुभएको थियो । त्यहाँ उब्जेको मानो चामल खाएर हामी हुर्केको तीतो सत्य हो । मेरी हजुरआमा परिश्रमी र आँटिलो हुनुहुन्थ्यो । खराब आचरण, समय–समयमा बाल सुलभद्वारा गरिएको चकचकी आदिको दण्डित गर्न तथा पढाइमा राम्रो गर्दा हाम्रो हौसलालाई अविछिन्न अगाडि बढाउन उहाँले उत्प्रेरित गर्नुहुन्थ्यो । मेरी हजुरआमा, मेरी आमा हामी ४ भाइका लागि जहिले पनि उत्प्रेरणाको खानीको रूपमा रहनुभयो ।
ओलीले महाकालीमा मात्र होइन, एम.सी.सी.मा पनि राष्ट्रप्रति घात गर्दै डलरको खेती गरे र ती रकमहरू स्वीस बैंक हुँदै कम्बोडियामा समेत थन्काउन भ्याएका छन् ।
ओलीप्रतिको मेरो सदासयता
जब–जब ओली प्रधानमन्त्रीका हैसियतले चीन गए । चीनमा उनको आतिथ्यताले विशेषतः सन्मान पाएको थियो । त्यतिबेला ओलीले छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भारत सरकारद्वारा एकतर्फी मुढेबलको भरमा आफूलाई ठूलो देशको अध्यक्षताको घमण्ड बोकेर मोदीका हरकतलाई नङ्ग्याइदिएका थिए । यति त भन्न भ्याएका थिए लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको हो । भारतीय सरकार छिमेकीलाई हेपेर हाम्रो सिमाना मिच्ने तथा भारतीय सरकारको यस किसिमको हर्कतहरू निन्दनीय छ । राष्ट्रको मर्यादाका लागि उनको आँटलाई फेरि पनि सलाम ।
जब–जब ओली चीनमा गएर भारतीय सरकारको नेपालप्रतिको थिचोमिचोको विरुद्ध लिम्पियाधुरा, लिपुलेक, कालापानीमाथि भारतीय सरकारको ज्यादतीका विरुद्ध हुङ्कार गरे त्यो हुङ्कारलाई देशभरिबाट स्वागत गरिनुपथ्र्यो । देश नै उठेर ओलीको मनोबल बढाउन तथा देशप्रति माया गर्ने पक्षमा ती तुफानी आवेग, देशप्रतिको भक्तिको श्रीगणेश गर्नुपथ्र्यो । हाम्रो दक्षिणी सिमानाहरू लथालिङ्ग तथा खुला छोडिएका छन् । ती खुला सिमानाहरू व्यवस्था गर्न कथंकदाचित पनि ढिलो गर्नु हुँदैन । छिमेकीको मानव बाढीको समुद्रझैँ उर्लेर मुलुकका विभिन्न क्षेत्रमा उनीहरूको बसोबास तथा जङ्गलका नजिकमा कतिपय पारिबाट आउनेहरूको भिड कुनै कुनै बेला थामिनसक्नुको किसिमबाट बाढीझैँ आइरहेको छ । यी हुलको बाढीलाई नियन्त्रण नगर्ने हो भने यो प्रवासीको भिडले देशलाई कताबाट कता पु¥याउने हो । यसतर्फ सरकार किन मौनताता साँधिरहन्छ ? दक्षिणबाट आउने भिडलाई निरन्तर छिर्न दिएर देशमाथि झन्–झन् भार पार्ने किसिमका हरकतहरू बढिरहेको छ । यो भेललाई युद्धस्तरमा रोकिनुपर्छ ।
जब–जब बेजिङ्गमा आफ्नो राष्ट्रको अभिन्न अङ्ग लिम्पियाधुरा, लिपुलेक, कालापानीमाथि भारतीय सरकारको एकतर्फी हेपाहा प्रवृत्तिप्रति, हाम्रो भूमिमाथि भारतीय सरकारको ज्यादती माथि उल्लिखित भूमिहरू यो मुलुकको सार्वभौम भूमि हो भन्न भ्याएका थिए । यी भूमिहरू हाम्रा अभिन्न अङ्गहरू हुन् । यी मुलुकका धरोहरहरू ढिलो चाँडो देशलाई फर्काइनुपर्छ ।
ओलीले प्रधानमन्त्रीको हैसियतले चीन गएर त्यहाँ पनि आफ्नो मुलकुप्रति बफादार भएर आफ्नो मुलुकप्रतिको अगाधता पोखेर छाडे । यहाँसम्म भन्न भ्याएका थिए । लिम्पियाधुरा, लिपुलेक, कालापनी हाम्रो हो । भारतीय सरकारले आफ्ना सैनिकको आडमा हाम्रो भूमिमाथि कब्जा गरिरहेको कुरा प्रस्ट भनेका छन् । देशप्रति घात गर्न पाइदैन भनेर ओलीले देशभक्तिको उच्चतम प्रयोग गरेका छन् । उनको यो सदासयताप्रति हामी आफूलाई गौरान्वित भएको महसुस गराएको छ ।
राष्ट्रको पक्षमा लिम्पियाधुरा, लिपुलेक, कालापानी माथिको देशको अग्राधिकार हुँदाहुँदै पनि एउटा ठूलो देशको नेताले हाम्रा भूमिहरूमाथि भारतीय सरकारद्वारा गरिएको थिचोमिचो नसध्ने उद्गार प्रधानमन्त्री ओलीले गरेका थिए ।
राष्ट्र विध्वंशको जाँचबुझ आयोग गठन गर
भारतीय सरकार र अमेरिकी सरकारको मिलोमतोमा यो देशलाई नामेट गर्ने किसिमबाट झण्डै–झण्डै २ वर्षदेखि अमेरिकीद्वारा धेरै ठूलो लगानीमा जेन्जीहरूलाई नियन्त्रित र तिनीहरूलाई प्रशिक्षण दिने कार्यको पोल खुलेको छ । यस पटक प्रधानमन्त्री ओली बेजिङ भ्रमणमा गएको मौका पारेर देशमा निकै ठूलो काण्ड मच्चाएर ३०० साल पुराना ऐतिहासिक धरोहरलाई सिध्याइएको छ । हाम्रो संस्कृतिमाथि घात गरिएको छ । राष्ट्रलाई नामेट गर्ने निशाना लगाइएको छ ।
फेसबुकमा चर्चा÷परिचर्चा चलेको छ । हर्क साम्पाङले वालेन शाहलाई नभेट्ने, बालेन लक्षित फेसबुक स्टाटस लेख्दै उनी भन्छन्, “लुकेर देश खरानी बनाउने गेमरसँग हर्क साम्पाङ भेट्दैन ।”
प्रचण्ड बेला–बेला भारतको भ्रमण गर्छन् ती भ्रमणताका नेपाललाई घात प्रतिघात गरिने आदेश बोकेर आउँछन् । ती आउँदै गर्दा देशप्रति छिमेकीका उलाउ आएका भारतीयहरूलाई सिनेमाको टिकट बाँडेझैँ त्योभन्दा पनि सुलभ तरिकाबाट भारतीयहरूलाई नागरिकता बाँड्ने र देशभरि नै भारतीयहरूको संख्या बढाउने कार्य राष्ट्रप्रति घात गर्ने कार्यमा प्रचण्डको अङ्क बढी नै छ । प्रचण्ड अर्थात् माओवादी जनयुद्धको नाममा अर्थात् भनौ आफ्नो निजी स्वार्थका लागि देशको सम्पदालाई यसरी स्वाहा बनाउने कार्य गरेका छन् ।
माओवादीले १० वर्षे जनयुद्धको नाममा राष्ट्रलाई नै कमजोर र शिथिल बनाउने कार्यको लेखाजोखा राख्दै छु ।
१) नेपाललाई ८० अर्वको क्षति भयो ।
२) ५ हजार नेपाली चेलीहरू विधवा भए ।
३) १५० वटा बैंक लुटिए ।
४) ७० वटा भन्दा धेरै मन्दिर फोडियो ।
५) १० लाख नेपाली विस्थापित गरिए ।
६) १७ हजारभन्दा धेरै नेपाली मारिए ।
७) ३ हजार नेपाली अङ्गभङ्ग भए ।
८) ४ हजारभन्दा बढी चर्च थपिए ।
बालेनको देशद्रोही हरकत
भारतीय राजदुताबासको संयोजनमा नेपाली युवा तथा युवतीहरूमा अमेरिकीद्वारा संयोजन गरिएका धेरै एनजिओ /आइएनजीओ अमेरिकीद्वारा संयोजन गरिएका धेरै एनजीओ÷आइएनजीओ मार्फत मुलुक भित्र राष्ट्रलाई अहम् चोट पु¥याउनु सुदन गुरुङको आगजनी टिमको प्रायोजनमा ठूलै संख्यामा सुदन गुरुङ आफैँले आगो लगाइएको कुरा विद्यार्थीद्वारा भनिएको छ । निकै ठूलो संख्यामा तिनीहरूलाई देशप्रति घात प्रतिघातका लागि तयार गरिएको कुरा देशप्रति घात/प्रतिघात हुँदा राष्ट्रप्रति गरिएको आघातले देश नै चहराइ रहेको थियो । देशका स्थिरता रहेको मन्त्रालय, विभागहरूमा तथा मुलुक भित्रका संवेदनशील क्षेत्रमाथि प्रतिघातका लागि आलाकाँचा विद्यार्थीको प्रारूप, तिनीहरूलाई आर्थिक भरण पोषणको नाममा देशमाथि घातका घटनाद्वारा उचालियो र प्रयोग गरियो । राष्ट्रलाई घात गर्नका लागि अमेरिका भारतद्वारा प्रायोजित संघसंस्थाहरूलाई आफ्नै देशका संवेदनशील क्षेत्रमाथि प्रयोग गरिने गरेर निशाना बनाइयो । राजधानी आगो लागेर दनदनी हुँदा दमकल नपठाउनु नगर प्रहरीद्वारा आन्दोलनकारीका नाममा पानी बाँडिने रहस्य पर्दाफास भएको छ । पानी बाँडिनुको नाममा ती पानीका बोतलमा होश नै गुमाउने पानीको प्रयोग भएको स्पष्ट छ । ती पानीमा ‘नसा’ मिसाएर पानी पिएर प्रहरीको लुगा खोल्ने, बन्दुक खोस्ने हरकत देखियो ।
अमेरिका र भारत सरकारका हकरतहरू
अमेरिकाद्वारा चलाइने यहाँका कतिपय संस्थामा यो देशका विद्यार्थी युवाहरूलाई आकर्षण किसिमको जागिर दिइने बहानामा अमेरिकी प्रायोजित फण्डद्वारा यहाँका युवा अर्थात् विद्यार्थीहरूको लागि, विद्यार्थीद्वारा नै देशप्रति घात प्रतिघातका तालिमहरू झण्डै–झण्डै २ वर्षदेखि चलाइदै आएको स्पष्ट छ । ती सबै रकमहरू अमेरिका तथा भारतीय सरकारबाट फण्डिङ भएका कुराहरू अमेरिकी सूचना स्रोतबाट पनि यी घृणित घटनाका फेहरिस्त आएका छन् । देशप्रति घात गर्ने विदेशी संस्थाहरूको फेहरिस्त, तिनीहरूको उद्देश्य, ती उद्देश्यको देखावटी ढाँचा देखाएर नेपाल विरोधी हर्कतहरू यस पटकको ढर्राबाट थाहा भएको छ । यो मुलुक अस्तित्व नै जेन्जी नामबाट आएर देशबासीलाई देशहीनतर्फ धकेल्ने किसिमका जालझेलका परिदृश्य देखिन थालेका छन् ।
देशबासीका नाममा खुलापत्र
म पेशाले स्वतन्त्र पत्रकारिता गर्दै आएको छु । पत्रकारिता जीवन पनि झण्डै–झण्डै ५० वर्षको हाराहारी हुँदै आएको छ । राष्ट्रले मलाई सहित ७ जनालाई पत्रकारिता पेन्सन दिँदै आएको छ । पेन्सन दिनुको अर्थ हामीलाई देशप्रति जिम्मेवार हुनु, देशप्रति माया गर्न, देशबासीप्रति पनि जिम्मेवार हुनु पेन्सनले हामीलाई अझ कर्तव्य पथमा अडिन आदेश गरेको छु ।
म फेरि एक पटक फेरि भन्छु, तत्कालीन प्रधानमन्त्री के.पी. ओली चीनमा रहँदा अन्तर्राष्ट्रिय भेटघाटमा सोभियत संघका राष्ट्रपति पुटिनले समेत विशेष समय दिनु हाम्रो देशको लागि गौरव हो । अन्तर्राष्ट्रिय माहौल सम्मेलनमा हाम्रा प्रधानमन्त्री के.पी. ओलीले भारतीय सरकारद्वारा हेपाहा प्रवृत्तिद्वारा हाम्रो भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरा माथि हस्तक्षेपको मुहतोड जवाफ बेजिङमा चलिरहेको अधिवेशनमा दिएका थिए । उनले सीमा मिचाहा भारतीय प्रधानमन्त्री मोदीलाई मुहतोड जवाफ दिएका थियो । ती मुहतोड जवाफले मलाई गर्वानुभूति बनायो । मैले मनमनै भने स्याबास प्रधानमन्त्री ओली तपाईंले देशको पीडा दिने छिमेकीलाई दरो किसिमको झापड दिनुभयो । मैले त गर्वानुभूति अनुभव गरे ।
जब–जब ओलीका हुङ्कारले सायद दिल्लीलाई हल्लायो होला । नेपालले भारतलाई जसरी बेजिङमा ललकारे, राष्ट्रको अहम्ताको सवालमा प्रधानमन्त्री मोदी माथि कसरी थप्पड दिइएको थियो । ती शब्दहरूले मलाई गर्व बोध गरायो । त्यतिबेला म मेरो देशको प्रधानमन्त्री माथि म नतमस्तक भए । यो प्रधानमन्त्री ओलीको गर्जाइमा राष्ट्रले सम्मान गरिनुपथ्र्यो । राष्ट्रप्रति ओलीका आफ्ना गर्जनहरू देशभरिनै फहराइनुपथ्र्यो । भारतलाई हाम्रो लुटिएका भूमि फर्काउनका लागि देश भित्रैबाट दबाब र्दिनुपथ्र्यो ।
ओली मुलुक भित्रिदा भित्रिदै उनी प्रधानमन्त्री पदबाट हटाइए । ओलीप्रतिको घात, देशप्रति घात हुँदा पनि नेपाली जनताको मौनता, राष्ट्रको मौनता किन ? यसको उत्तर सरकारले दिनु पर्दैन ? राष्ट्रको पक्षमा उभिनुपर्छ यो अहम्ता नेपालीपनमा हुनुपर्छ । राष्ट्र रहे मात्र हामी रहन्छौँ यो सूत्रद्वारा चेतना भया ।
स्वतन्त्र पत्रकार एवम् प्रेस स्वतन्त्र सेनानी २०७४

बिजनेस पाटी