२०८२ फाल्गुन ६ | Feb 18, 2026

ओलीको हुङ्कार र मोदीको छिमेकी द्रोह

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक १४
|
8.6k views

भारतीय राजदूतावासको प्रायोजित
प्रधानमन्त्री पहिरिदै गर्दा
तिमीलाई अलिकता अप्ठेरो भएन ?
देशप्रति घात/प्रतिघातमा
आफूले आफैँलाई
कता उभ्याएकी छौ भन्न सक्छौँ ?
भ्रष्टाचारको आहालबाट रुझिदै भिज्दै ओलीहरू
यसबेला देशको अस्तित्व जगेर्नाका लागि
लिम्पियाधुरा, लिपुलेक, कालापानी
मेरो देशको वर्चस्व
मेरो देशको अखण्ड भूमिमाथि
भारतीय थिचोमिचो विरुद्ध उभिएका छन् ।

प्रधानमन्त्री ! सुशीला कार्की !
एक थान प्रधानमन्त्रीका लागि
४० हजार तिब्बतीहरूलाई
नेपाली नागरिकताको प्रतिबद्धता
आफूलाई प्रधानमन्त्रीमा बेरिएर
चर्चामाथि चर्चाको चुली भाँसिदै छ ।
देशमाथि घात/प्रतिघातमा
आफूले आफैँलाई कता उभ्याउन भ्याएकी छौ ।

मेरो देशको धरोहर !
मुस्ताङप्रति मेरो अथाहता
सुन्छु देश टुक््रयाउने
भारतीय र अमेरिकी काइतेहरू
चीन माथि घात प्रहार हुँदैछ ।
मेरो देश माथि
आघातका घाउले दरफराउने छन् ।
बालेन र प्रचण्ड लुसिफर ओढेर
देश र जनतामाथि
घातका घाउहरू दरफराउँदै छन् ।
तिब्बतीयनहरू यसबेला–
मेरो देशको पवित्र भूमि मुस्ताङ माथि
तिब्बतीयनहरू आफू भित्रिनका लागि
हामी माथि बर्बता गरिरहेका छन् ।
देशको अस्तित्व माथि
घुस–पैठी खेलवाड गरिरहेका छन् ।
हामीलाई देशहीन बनाउने
तैयारीमा लागि परेका छन् । २०८२ कार्तिक १३

जेनजी आन्दोलनको नयाँ तथ्य
प्रहरी अनुसन्धानले देखाएको छ । पक्राउ परेका मध्ये करिब ८०% व्यक्ति ठगी, बैङ्किङ कसुर, ज्यान मार्ने उद्योग जस्ता मुद्दामा पहिले नै संलग्न थिए । कतिपय त फरार अभियुक्त नै रहेछन् ।
१५ सय हतियार लुटिदा अझै ४ सय हराइरहेका छन् । अब प्रश्न उठ्छ । यो आन्दोलन सामाजिक थियो कि सङ्गठित अपराधको आवरणमा भएको हिंसात्मक अभियान ? बालेन र सुधनहरूले जवाफ दिनुपर्छ । महेश बस्नेतको फेसबुकबाट

जब–जब ओली विश्वका शक्तिशाली राष्ट्रका प्रमुखहरूको जमघट बेजिङ भेलामा नेपालका प्रधानमन्त्री के.पी. ओली समेतको संलग्नता रह्यो । बेजिङबाट आफ्नो राष्ट्रलाई पहिलो प्राथमिकतामा राखेर लिम्पियाधुरा, लिपुलेक, कालापानीमाथि भारतीय विस्तारवादी मुखुण्डोमा बेरिएर, ती भूमिहरूप्रति आफ्नो भूभागमा मिसाएर छिमेकी भारतको हेपाहा नीतिका साथै भारतीय सरकारद्वारा समय–समयमा गरिएका राष्ट्रघातप्रति दह्रो कटाक्ष हाम्रो प्रधानमन्त्रीको रह्यो । प्रधानमन्त्री के.पी.ओलीले मात्र ती शब्दहरूमा देशभक्त नेपालीहरूको भित्रि स्पन्दनको आवाज, देशभक्तिहरूको आवाज सम्हाहित गर्दे बोलेका थिए । मुलुकभरिका नेपालीहरू प्रधानमन्त्रीले राष्ट्रप्रति जिम्मेवार हुँदै बोलेका शब्दहरूमा राष्ट्र नै बोलेको थियो । त्यहाँ त देशभक्त नेपालीहरूको आवाज थियो । प्रधानमन्त्री ओलीका शब्दहरूमा हाम्रो मुलुक सानो भए ता पनि विश्व राष्ट्रसंघमा हामी एकै परिवारको घेरामा हुन्छौँ । राष्ट्रसंघको लागि कुनै पनि देश आकारले ठूलो भए तापनि ती सबै संयुक्त राष्ट्रसंघका सदस्य अर्थात् एउटा परिवारको रूपमा दर्ज भएको स्थितिलाई नकार्न मिल्दैन । संयुक्त राष्ट्रसंघको एकै स्तरका अहम्तामा सबै देशको हैसियत एउटै राख्दछ ।

भारतीय सरकारको हरकत
राष्ट्रपतिको अहम्ता, देशप्रतिको अगधताले भरिएको प्रधानमन्त्री के.पी. ओलीको साहसप्रति हामी नेपाली गौरवान्वित हुनुपर्छ । आउँदा दिनहरूमा पनि देशभक्त नागरिक देश बचाउ युद्धमा जहिले पनि आफूलाई अग्रपङ्क्तिमा राखिनुपर्छ ।
भारतीय हस्तक्षेप के कति उग्र रूपमा बढेको छ भने भारतीय सरकारको अहम् भूमिका यसबेला राष्ट्रले बनाएको ओली सरकारलाई ढालेर सुशीला कार्कीको नेतृत्वमा काम चलाउ मन्त्रीमण्डलको गठन गरेको छ । यसरी आफ्नो देशमा भित्रिदै गर्दा भारतीय सरकारद्वारा खडा गरिएको प्याधा र भारतीय एम्बेसीद्वारा बनाइएको सुशीला कार्कीलाई यस्तो भनिएको थियो । सुशीला कार्कीलाई प्रधानमन्त्री बनाइएको अहम्तामा तिब्बती नागरिकहरू ४०,००० को तादातमा रहेकालाई नागरिक प्रमाणपत्र दिइनेको ग्यारेन्टी गर्दै उनीलाई प्रधानमन्त्रीको पद सुम्पिएको चर्चा यसबेला व्यवहारिक तौरमा तिब्बतीहरूलाई पहाड र मधेशका जिल्लाहरूमा सिनेमाको टिकट (अर्थात् प्रतिव्यक्ति) काटेझैँ ५ लाखमा नागरिकता विक्री हुँदै गरेको खुलेको छ ।

भारतीय मिडियाको दादागिरी
भारतीय मिडियाहरूमा तीतो सत्यप्रति उनीहरूको ध्यान छैन । उनीहरु भारतीय सरकारको स्वार्थ अनुरूप नै काम गर्छन् । ओलीलाई सत्ताबाट किन हट्नुप¥यो त्यसको लागि भारतीय सरकारका हरकतहरू प्रस्ट छन् । जब–जब ओलीले महाकाली नदी भारत सरकारलाई बुझाए त्यसबेला उनले नेपाललाई वर्षेनी १ खरब २० अरब आम्दानी हुन्छ भनेका थिए । के ती अहिले व्यवहारिक रूपमा भारतले सालै पिच्छे त्यो रकम नेपाललाई दिन्छ त ?

जब के.पी. ओली चीनको निमन्त्रणामा त्यतातिर गए । देशको पक्षमा हृदयदेखि नै लिम्पियाधुरा, लिपुलेक, कालापानी माथि भारतीय हैकमी प्रवृत्तिको विरोध गर्दै ती भूमिहरू नेपालको हो भन्ने उद्घोष गरेका थिए । ती उद्घोष गरेका केही घण्टा हुँदाहुँदै भारतीय सरकारद्वारा पालित विभिन्न पार्टी व्यक्तिहरूलाई एकत्रित गरेर, भारतीय स्वार्थको अहम्तामा बग्न चाहे त्यो जुनसुकै पार्टीको नै किन नहोस्, जो भारतीय राजदूतवासमा गएर चाकरी बुझाउन तथा देशप्रति गद्दारी गरे वापतको भारतीय रूपैयाँ बुझ्ने मण्डलीहरूको देशमा कमी छैन । विभिन्न सरकारी पद, विभिन्न क्षेत्रका जिम्मेवार पदमा आसिन नेपाली अथवा नेपाली भाषामा भन्नुपर्दा देशद्रोहीहरूको जमातद्वारा फूलबुट्टा भरिएर, चीनबाट के.पी. ओली मुलुकभित्र फर्किदा–फर्किदै उनलाई अपदस्थ गरियो । भारतीय सरकारलाई खुशी पार्न तथा त्यताबाट दानापानी खाएका जिम्मेवार व्यक्तिद्वारा देशघातका परिदृश्यहरू देख्न र बुझ्न सकिन्छ ।

प्रधानमन्त्री ओलीले चीन भ्रमणमा नेपालले खेलेका भूमिकालाई संसदमा बोल्न समेत दिइएन । यस किसिमबाट वहालवाला प्रधानमन्त्रीलाई राष्ट्रको लागि उनले गरेको अहम् कार्यले आम नेपालीको शिर उठेको छ । म फेरि भन्छु महाकाली नदी र एम.सी.सी. मा ओलीले देशप्रति घात गरेका छन् । भ्रष्टाचार गरेका छन् । ओली गाईको दूधले नुहाएको छन् भन्दिन तर यसपालीको चीन भ्रमणमा देशको अस्तित्वको सवालमा आफ्नो राष्ट्रप्रति भक्तिभाव देशको अस्तित्वको जगेर्ना देशप्रति जसरी जिम्मेवारपूर्वक आफ्नो भूमिका निर्वाह गरेका छन् यसको लागि हामी नेपाली ऋणी रहने छौँ ।

ओलीलाई राष्ट्रले अभिषेक गर्नुपथ्र्यो
तत्कालीन प्रधानमन्त्री के.पी. ओलीद्वारा चीनमा उनले उठाएको प्रसङ्ग लिम्पियाधुरा, लिपुलेक, कालापानी बारे राष्ट्रको गौरवतामाथि भारतीय सरकारको हस्तक्षेप आदिको मुहतोड जवाफ दिएर फर्किएका ओली मुलुकमा आफ्नो पाइला राख्दाराख्दै तत्कालीन मुलुकभित्र जेनजी आन्दोलनको नाममा भारतीय सरकारद्वारा घुसपैठको नाटकीय दृश्य एवम् जेनजी विद्यार्थीहरूलाई घरका छत माथि बसेर, ती साना विद्यार्थी माथि गोली बौछावर गरेर ‘ओली हटाऊ’ आन्दोलनलाई घिउ थप्ने कार्य भारतीय सरकारद्वारा प्रायोजित व्यक्तिहरूद्वारा नाटकीय अभियान मन्चन गरिएको थियो । ती नाट्य मन्चन विशेषतः नेपाल प्रहरीका गोलीभन्दा पनि भारतीय सरकारद्वारा जेनजीको भेषमा एक्सपर्ट सुटरको क्रयका कारण तिनीहरूद्वारा हिंसा भड्काउने कार्यमा भारतीय सरकारको तर्फबाट झन्–झन् बढी कार्य ग¥यो । यी सबै राष्ट्रघाती व्यवहारको नमुना देशभक्त नेपालीहरूलाई स्पष्ट थाहा भएको छ ।

तत्कालीन प्रधानमन्त्री के.पी. ओलीले राष्ट्रको अहम् सवालमा उठाएका भूमिकाप्रति देशवासीले समर्थन र सहयोग गरेका छन् । ओलीले राष्ट्रप्रति समर्पण, उनको त्या दमदार प्रस्तुतिप्रति राष्ट्रले ओलीप्रति सन्मानको वर्षा गरिनुपथ्र्यो । इतिहासमा कहिलेकाहीं नसोचेको कुरा आइलाग्छ । जब–जब आफ्नो देशप्रति भारतीय सरकारको रवैया, आफ्नो देशप्रति भारतीय सरकारको हेपाहा नीतिका विरुद्ध बेजिङमा मुहतोड जवाफ दिएका छन् । राष्ट्रप्रति गरिनुपर्ने कर्तव्य तथा भारतीय सरकारले छिमेकीप्रति गरिने दुव्र्यवहारलाई ओलीले स्पष्टका साथ चिरेका छन् । राष्ट्रियताको सवालमा आफ्नो मातृभूमिको पक्षमा उनी डटिएर उभिएका छन् । उनको राष्ट्रियताप्रतिको ओजलाई हामी देशभक्त नेपालीहरूले सम्मान गर्नपर्छ ।

४४३३, स्वतन्त्र पत्रकार एवम् प्रेस स्वतन्त्रता सेनानी

फेसबुकबाट तपाईको प्रतिक्रिया