२०८२ भाद्र ६ | Aug 22, 2025

ओली–मोदी भेटवार्ता बैंककमा हुने

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र २०

काठमाडौँ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच थाइल्यान्डको बैंककमा भेटवार्ता हुने भएको छ । दुवै प्रधानमन्त्रीको भेटवार्ता शुक्रबार अपरान्ह ४ बजे हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली र मोदीबिच थाइल्यान्डमा भेटघाट गराउने प्रयास पहिलेदखि नै भए पनि समय निश्चित भएको थिएन । तर नेपालका तर्फबाट निरन्तरको प्रयासले दुई देशका प्रधानमन्त्री बीच भेटवार्ता हुने निश्चित भएको छ ।

प्रधानमन्त्री ओली हिजै थाइल्यान्ड पुगिसक्नु भएको छ भने भारतीय प्रधानमन्त्री मोदी भोलि मात्र थाइल्यान्ड पुग्ने कार्यक्रम छ । थाइल्याण्डबाटै मोदी श्रीलङ्का जाने कार्यक्रम भएकोले अपरान्हको समयमा नेपालका प्रधानमन्त्री अ‍ोलीसँग छोटो भेटघाटको समय तय गरिएको श्रोतले बताएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार थाइल्यान्डबाट श्रीलङ्का प्रस्थान गर्ने कार्यक्रम छ । श्रीलङ्कामा २ दिने बसाइ पश्चात मोदी भारत फर्किने छन् । यता प्रधानमन्त्री ओली भने थाइल्यान्डबाट शनिबार नेपाल फर्कने छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया