
ललितपुर । अमेरिकामा अर्को वर्ष (सन् २०२६ मा) हुने ९८औं संस्करणको एकेडेमी अवार्ड (ओस्कार अवार्ड) मा गत वर्षको सुपरहिट फिल्म ‘अञ्जिला’ले नेपालको प्रतिनिधित्व गर्ने भए पछि अर्को चलचित्र ‘गुन्यो चोलो’की निर्देशक समुन्द्र भट्टले छनौट प्रकृया प्रति प्रश्न उठाएकी छन् ।
उनले छनौट प्रकृया त्रुटिपूर्ण रहेको भन्दै यस्लाई गम्भिरता पूर्वक नलिए त्रुटि सहितको बिवरण आयोजकलाई मेल गर्ने चेतावनी पनि दिएकी छन् ।
नेपालको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले यो चलचित्र ‘अञ्जिला’लाई ओस्कारका लागि सिफारिस गरेको हो । समितिका अध्यक्ष विमल पौडेलले जारी गरेको विज्ञप्तिमा , ‘गहन मूल्याङ्कन पश्चात् प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण, र कलात्मक शिल्पलाई ध्यानमा राखेर ‘अञ्जिला’लाई छनोट गरिएको हो ।’ भनिएको छ । अस्कारमा सहभागी हुन ‘अञ्जिला’सँगै ‘गुन्यो चोलो’का निर्माताले पनि आवेदन दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया