
ललितपुर । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितमान शाक्यले औसत बिजुली बिक्रीमा कमी आउँदा नेपाल विद्युत प्राधिकरणको नाफा घटेको बताएका छन् ।
निर्देशक शाक्यले गएको वर्षको तुलनामा विदेशी मुद्रा जापानी यानमा भएको अधिमूल्यनदेखि प्रशासनिक खर्च वृद्धि एवम् औसत बिजुली बिक्री मूल्यमा कमी आएका कारणले नाफामा केही कमी देखिएको बताएका छन् । अहिले नाफामा कमी आए पनि आउँदो वर्षमा वृद्धि हुने उनको दाबी छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा नेपाल विद्युत् प्राधिकरणको नाफा घटेको छ । प्राधिकरणका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा प्राधिकरणले १० अर्ब ५३ करोड रुपैयाँ नाफा कमाएको थियो । तर आर्थिक वर्ष २०८१/८२ मा भने प्राधिकरणले नाफा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको छ । जसअनुसार आव २०८०र८१ को तुलनामा आव २०८१/२०८२ ३७.३२ प्रतिशतले गिरावट आएको छ ।
कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गएको वर्षको तुलनामा विदेशी मुद्रा जापानी यानमा भएको अधिमूल्यनदेखि प्रशासनिक खर्च वृद्धि एवम् औसत बिजुली बिक्री मूल्यमा कमी आएका कारणले नाफामा केही कमी देखिएको बताएका छन् । यस वर्ष प्राधिकरणले नाफा कमाउन नसके पनि आगामी आर्थिक वर्षमा प्राधिकरणको नाफामा वृद्धि हुने दाबी गरेका छन् ।
शाक्यका अनुसार आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा राष्ट्रिय विद्युत् प्रणालीमा जडित कुल विद्युत् क्षमता ३ हजार ५ सय ९१ गिगावाट पुगेको छ । प्राधिकरणका अनुसार नेपालको आन्तरिक विद्युत् खपत अघिल्लो आर्थिक वर्षको तुलनामा १०।७ प्रतिशतले वृद्धि भई ११ हजार ३ सय १९ गिगावट घण्टा पुगेको छ । यस्तै राष्ट्रिय ग्रेड पहुँच झन्डै ९८ प्रतिशत पुगेको छ भने विद्युत् चुहावटमा ०।४७ प्रतिशत कमी आएको छ ।
त्यसैगरी हाल प्राधिकरणको कुल सम्पत्ति २०८१/८२ मा ६ खर्ब ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्षको २०८१/८२ मा प्राधिकरणको प्रणालीमा कुल ४ सय ३४ मेगावट विद्युत् उत्पादन क्षमता थप भएको छ ।
कुलमान घिसिङले नेतृत्वकालभरि भने प्राधिकरणले नाफा कमाइरहेको तथ्यांकले देखाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया