Business Pati
  • होमपेज
  • समाचार अपडेट
  • समाचार
  • बिजनेस
    • बैंक वित्त
    • शेयर बजार
    • बीमा
    • कर्पोरेट
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुनचांदी
    • खेलकुद
    • कृषि
    • विज्ञान-प्रविधि
    • साहित्य
    • व्यापार र लगानी
    • अन्तर्वार्ता/विचार
    • घर / घडेरी
    • धार्मिक
    • सम्पादकीय
पात्रो/राशिफल रेडियो Video YouTube
Business Pati
२०८२ चैत्र २५ | Apr 08, 2026
Business Pati
२०८२ चैत्र २५
  • होमपेज
  • समाचार अपडेट
  • समाचार
  • बिजनेस
    • बैंक वित्त
    • शेयर बजार
    • बीमा
    • कर्पोरेट
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुनचांदी
    • खेलकुद
    • कृषि
    • विज्ञान-प्रविधि
    • साहित्य
    • व्यापार र लगानी
    • अन्तर्वार्ता/विचार
    • घर / घडेरी
    • धार्मिक
    • सम्पादकीय

कक्षा ८ को परीक्षामा बेनीका दुई विद्यालयको नतिजा शून्य

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र ३०
|
612 views
बेनी (म्याग्दी) म्याग्दीको बेनी नगरपालिकाले सञ्चालन गरेको आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीक्षामा दुई विद्यालयको नतिजा शून्य भएको छ । बेनी–१ रत्ने चौरको भानु माध्यमिक विद्यालय र वडा नं ३ भकिम्लीको बालप्रिय शारदा आधारभूत विद्यालयको नतिजा शून्य भएको हो । नगरभित्रका सामुदायिक २४, संस्थागत आठ र एउटा उज्यालो वैकल्पिक विद्यालयबाट कक्षा ८ को परीक्षामा सहभागी भएकामध्ये दुई विद्यालयबाट कुनै पनि विद्यार्थी उत्तीर्ण हुन नसकेका नगरको शिक्षा शाखाका अधिकृत कमलप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँले पालिकाले सञ्चालन गरेको परीक्षामा समग्रमा गतवर्षको तुलनामा नजितामा सुधार देखिए पनि दुई विद्यालयको नतिजा भने निराशजनक भएको बताउनुभयो । ढकालका अनुसार भानु माविबाट ११ विद्यार्थी परीक्षामा सहभागी भएकामा एक जना मौका परीक्षामा सहभागी हुनेछन् भने १० जना अनुत्तीर्ण भएका छन् ।
बालप्रिय विद्यालयबाट सहभागी सातमध्ये चार जना मौका परीक्षामा सहभागी हुनेछन् भने तीन जना अनुत्तीर्ण भएका नगरको शिक्षा शाखाले जनाएको छ । “कक्षा ८ को नगरस्तरीय वार्षिक परीक्षा सञ्चालनका लागि एउटै प्रश्नपत्र तयार गरिएको थियो । साथै फरक विद्यालयका शिक्षकलाई केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष नियुक्त गरी परीक्षा सञ्चालन गरिएको थियो । उत्तरपुस्तिका ‘कोडिङ’ गरेर परीक्षण गरिएको थियो । परीक्षामा एक संस्थागत र नौ सामुदायिक विद्यालयको नतिजा कमजोर देखिएको छ”, शिक्षा शाखाका अधिकृत ढकालले भन्नुभयो ।
परीक्षामा सहभागी आठ ८४ विद्यार्थीमध्ये छ सय ४१ उत्तीर्ण र दुई सय ३७ विद्यार्थी अनुत्तीर्ण भएका शिक्षा शाखाले जानकारी दिएको छ । शाखाकाअनुसार बढीमा दुई विषयमा अनुत्तीर्ण भएका विद्यार्थीका लागि सञ्चालन हुने ‘ग्रेड’ वृद्धिको परीक्षामा एक सय ७३ विद्यार्थी सहभागी हुनेछन् ।
परीक्षामा गणितमा तीन सय ६१, अङ्ग्रेजीमा एक सय ६३, नेपालीमा एक सय ३९, विज्ञानमा दुई सय २४ र सामाजिकमा एक सय ६३ जनाअनुत्तीर्ण भएका छन् । ढकालका अनुसार गतवर्ष कक्षा ८ को परीक्षामा अनुत्तीर्ण भएकामध्ये पाँच विषयमा पाँच÷पाँच अङ्क र दुई विषयमा दुई÷दुई अङ्क ग्रेसमार्क (मापदण्ड नपुगेकाले थपेर दिने अङ्क) दिँदा ६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकामा यस वर्ष ग्रेसमार्क नदिँदा पनि ७२ दशमलव ५१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । उत्तीर्ण प्रतिशतका आधारमा गत वर्षभन्दा नतिजामा सुधार भए पनि शून्य र ५० प्रतिशत विद्यार्थीसमेत उत्तीर्ण नहुने विद्यालयको शैक्षिक अवस्थाले गम्भीर बनाएको नगरपालिकाको शिक्षा शाखाका उपसचिव क्षेत्रबहादुर भण्डारीले बताउनुभयो । उहाँले कमजोर शैक्षिक अवस्था भएका विद्यालयको गुणस्तर सुधार गर्न नगरपालिकाको नेतृत्वसँगै स्थानीय सरोकार भएका निकाय र विद्यालयसँग सम्बन्धित पक्षबीच छलफल र अन्र्तक्रिया गरी योजना बनाएर अघि बढ्ने जानकारी दिनुभयो ।

थप समाचारहरु

No related posts.

Businesspati

बिजनेस पाटी मिडिया प्रा. लि.

  • धापाखेल, ललितपुर, नेपाल
  • सूचना विभाग दर्ता नं. : १२७/०७३-७४
  • 01-5253584, 9745366039
  • businesspati@gmail.com

Quick Links

  • हाम्रो टिम
  • सम्पादकीय
  • सुनचांदी

Our Team

प्रमुख सल्लाहकार :

दिपेन्द्रबहादुर क्षेत्री (पुर्वगभर्नर)

कानुनी सल्लाहकार :

भरतराज सुबेदी

अध्यक्ष/प्रधानसम्पादक :

 हरिप्रसाद तिमल्सिना

प्रबन्ध सञ्चालक : 

रामचन्द्र बस्नेत

सम्पादक :

साबित्री तिमल्सिना

कार्यकारी सम्पादक/संयोजक :

View All
पात्रो/राशिफल रेडियो Video YouTube
For Advertisement
  • Email: businesspati@gmail.com
  • Contact: 9841362663,9745366038
© 2026, All Rights Reserved,Business Pati Media Pvt. Ltd.
 पात्रो/राशिफल  रेडियो YouTube