Business Pati
  • गृहपृष्ठ
  • समाचार
  • अर्थ वाणिज्य
  • बैंक वित्त
  • शेयर बजार
  • बीमा
  • अन्तर्वार्ता/विचार
  • घर / घडेरी
  • राजनीति
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • खेलकुद
    • बजार
    • व्यापार र लगानी
    • कर्पोरेट
    • विज्ञान-प्रविधि
    • मनोरञ्जन
    • सुनचांदी
    • घुमफिर
    • मल्टिमिडिया
    • अटो
    • सडक
    • साहित्य
पात्रो/राशिफल VIDEO रेडियो
Business Pati
पात्रो/राशिफल VIDEO रेडियो
२०८२ आश्विन १६ | Oct 02, 2025
Business Pati
  • गृहपृष्ठ
  • समाचार
  • अर्थ वाणिज्य
  • बैंक वित्त
  • शेयर बजार
  • बीमा
  • अन्तर्वार्ता/विचार
  • घर / घडेरी
  • राजनीति
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • खेलकुद
    • बजार
    • व्यापार र लगानी
    • कर्पोरेट
    • विज्ञान-प्रविधि
    • मनोरञ्जन
    • सुनचांदी
    • घुमफिर
    • मल्टिमिडिया
    • अटो
    • सडक
    • साहित्य
२०८२ आश्विन १६ | Oct 02, 2025

कक्षा ८ को परीक्षामा बेनीका दुई विद्यालयको नतिजा शून्य

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र ३०
|
204 views

बेनी (म्याग्दी) म्याग्दीको बेनी नगरपालिकाले सञ्चालन गरेको आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीक्षामा दुई विद्यालयको नतिजा शून्य भएको छ । बेनी–१ रत्ने चौरको भानु माध्यमिक विद्यालय र वडा नं ३ भकिम्लीको बालप्रिय शारदा आधारभूत विद्यालयको नतिजा शून्य भएको हो । नगरभित्रका सामुदायिक २४, संस्थागत आठ र एउटा उज्यालो वैकल्पिक विद्यालयबाट कक्षा ८ को परीक्षामा सहभागी भएकामध्ये दुई विद्यालयबाट कुनै पनि विद्यार्थी उत्तीर्ण हुन नसकेका नगरको शिक्षा शाखाका अधिकृत कमलप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँले पालिकाले सञ्चालन गरेको परीक्षामा समग्रमा गतवर्षको तुलनामा नजितामा सुधार देखिए पनि दुई विद्यालयको नतिजा भने निराशजनक भएको बताउनुभयो । ढकालका अनुसार भानु माविबाट ११ विद्यार्थी परीक्षामा सहभागी भएकामा एक जना मौका परीक्षामा सहभागी हुनेछन् भने १० जना अनुत्तीर्ण भएका छन् ।
बालप्रिय विद्यालयबाट सहभागी सातमध्ये चार जना मौका परीक्षामा सहभागी हुनेछन् भने तीन जना अनुत्तीर्ण भएका नगरको शिक्षा शाखाले जनाएको छ । “कक्षा ८ को नगरस्तरीय वार्षिक परीक्षा सञ्चालनका लागि एउटै प्रश्नपत्र तयार गरिएको थियो । साथै फरक विद्यालयका शिक्षकलाई केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष नियुक्त गरी परीक्षा सञ्चालन गरिएको थियो । उत्तरपुस्तिका ‘कोडिङ’ गरेर परीक्षण गरिएको थियो । परीक्षामा एक संस्थागत र नौ सामुदायिक विद्यालयको नतिजा कमजोर देखिएको छ”, शिक्षा शाखाका अधिकृत ढकालले भन्नुभयो ।
परीक्षामा सहभागी आठ ८४ विद्यार्थीमध्ये छ सय ४१ उत्तीर्ण र दुई सय ३७ विद्यार्थी अनुत्तीर्ण भएका शिक्षा शाखाले जानकारी दिएको छ । शाखाकाअनुसार बढीमा दुई विषयमा अनुत्तीर्ण भएका विद्यार्थीका लागि सञ्चालन हुने ‘ग्रेड’ वृद्धिको परीक्षामा एक सय ७३ विद्यार्थी सहभागी हुनेछन् ।
परीक्षामा गणितमा तीन सय ६१, अङ्ग्रेजीमा एक सय ६३, नेपालीमा एक सय ३९, विज्ञानमा दुई सय २४ र सामाजिकमा एक सय ६३ जनाअनुत्तीर्ण भएका छन् । ढकालका अनुसार गतवर्ष कक्षा ८ को परीक्षामा अनुत्तीर्ण भएकामध्ये पाँच विषयमा पाँच÷पाँच अङ्क र दुई विषयमा दुई÷दुई अङ्क ग्रेसमार्क (मापदण्ड नपुगेकाले थपेर दिने अङ्क) दिँदा ६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकामा यस वर्ष ग्रेसमार्क नदिँदा पनि ७२ दशमलव ५१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । उत्तीर्ण प्रतिशतका आधारमा गत वर्षभन्दा नतिजामा सुधार भए पनि शून्य र ५० प्रतिशत विद्यार्थीसमेत उत्तीर्ण नहुने विद्यालयको शैक्षिक अवस्थाले गम्भीर बनाएको नगरपालिकाको शिक्षा शाखाका उपसचिव क्षेत्रबहादुर भण्डारीले बताउनुभयो । उहाँले कमजोर शैक्षिक अवस्था भएका विद्यालयको गुणस्तर सुधार गर्न नगरपालिकाको नेतृत्वसँगै स्थानीय सरोकार भएका निकाय र विद्यालयसँग सम्बन्धित पक्षबीच छलफल र अन्र्तक्रिया गरी योजना बनाएर अघि बढ्ने जानकारी दिनुभयो ।

थप समाचारहरु

युनिभर्सल सर्टिफिकेटसहित ‘हेल्लो काँशीराम’ सेन्सर पास छिमेकीको हत्या गरी नक्कली साधु बनेका लोकनाथ १७ वर्षपछि पक्राउ दिवङ्गत पत्रकार सुरेश रजकको सम्झनामा दीप प्रज्वलन मुक्तिनाथ गुठीको सत्र हजार रोपनी जग्गा रैतानमा परिणत निस्दीमा घट्दैछ बालविवाह प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी विशेषको फैसला चित्त नबुझेको भन्दै आयोग सर्वोच्चमा ‘अर्को एउटा द्रोणाचार्य’ को अधिकांश शो हाउसफूल, बैशाख ७ गतेसम्म मात्रै मञ्चन हुने आजदेखि नववर्ष २०८२ प्रारम्भ शिक्षक आन्दोलनले भर्ना अभियान प्रभावित प्रधानमन्त्रीसँग शिक्षक महासङ्घका पदाधिकारीको छलफल ‘कालोबजारी गर्ने व्यवसायीलाई कारबाही गरिने छ’ ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै बाँकेमा भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे सेवाग्राही कर प्रशासनलाई जनमैत्री बनाउन पहल गरिनेछः निर्देशक पौडेल फाप्लु विमानस्थलमा सत्र दिनपछि उडान हेंवाखोला बाढी तीनवर्ष स् हटेन सास्ती

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा अपडेट

  • यस्तो छ आजका लागि तरकारी र फलफूलको थोक मूल्य
  • सय वर्षभन्दा पुरानो ऐतिहासिक ब्रह्मा मन्दिरमा गजूर स्थापना
  • विचारः क्रिकेटद्वारा कठिन परिस्थितिमा नेपाललाई ऐतिहासिक उपहार
  • यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार
  • निर्धारितभन्दा बढी भाडादर असुल्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गरिने
  • राष्ट्रपतिद्वारा कन्या पूजा
Businesspati
  • प्रमुख सल्लाहकार : दिपेन्द्रबहादुर क्षेत्री (पुर्वगभर्नर)
  • कानुनी सल्लाहकार : भरतराज सुबेदी
  • अध्यक्ष/प्रधानसम्पादक : हरिप्रसाद तिमल्सिना
  • प्रबन्ध सञ्चालक : रामचन्द्र बस्नेत
  • निर्देशक : टिका प्रसाद तिमल्सिना
  • सम्पादक : साबित्री तिमल्सिना
  • कार्यकारी सम्पादक : लोकराज अधिकारी
  • सहसम्पादक : निता ढुगेंल
  • मल्टिमिडिया संयोजक :प्रकाश धिताल
  • बजार ब्यवस्थापक : जनार्दन प्र उपाध्याय
  • बजार प्रतिनिधि : भिम शर्मा पौडेल

सम्पर्क

बिजनेस पाटी मिडिया प्रा. लि.

  • धापाखेल, ललितपुर, नेपाल
  • सूचना विभाग दर्ता नं. : १२७/०७३-७४
  • 01-5253584, 9745366039
  • businesspati@gmail.com

विज्ञापनका लागि सम्पर्क

Email: businesspati@gmail.com
Contact: 9841362663,9745366038

सामाजिक संजाल

Follow us on Facebook

© 2025, All Rights Reserved, Business Pati