२०८२ आश्विन १६ | Oct 02, 2025

कतारका राजालाई राष्ट्रपति–प्रधानमन्त्रीले गरे स्वागत

BusinessPati बिजनेस पाटी
|
२०८१ बैशाख ११
|
765 views

काठमाडौँ ११ वैशाख २०८१।

कतारी राजा शेख तमिम बिन हमाद अल थानी विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि उनी नेपाल आएका हुन् ।

आइतबार एसियाली देशहरूको भ्रमणमा निस्केका अमिर अल थानी मंगलबार बंगलादेशबाट नेपाल आएका हुन् । मंगलबार उनले राष्ट्रपति पौडेलसँग  शीतलनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि होटल सोल्टीमा उनका लागि राष्ट्रपतिले रात्रिभोजको आयोजना गरेका छन् ।

भ्रमणको दोस्रो दिन प्रधानमन्त्री प्रचण्डसँग द्विपक्षीय भेटवार्ता गरी उनी अपराह्न कतार फर्किने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया