२०८२ आश्विन १६ | Oct 02, 2025

कतिमा भयो सान्भी इनर्जीको पहिलो कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ४
|
459 views

ललितपुर । आइतबारको स्पेशल प्रि ओपन सेसनमा सान्भि इनर्जी (SANVI) को पहिलो कारोबार भएको छ। साउन ४ गते आइतबारको प्रि ओपनिङ सेसनमा सान्भी इनर्जीको शेयर प्रतिकित्ता ३५९ रुपैयाँमा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर गत साउन १ गते अर्थात् बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ३७ लाख ९० हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ५० लाख १० हजार कित्ता शेयर गरी कुल ८८ लाख कित्ता शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचीकृत भएको हो।

कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले १२० रुपैयाँ ७४ पैसादेखि ३६२ रुपैयाँ २२ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। कम्पनीको शेयर एसएएनभीआई टिकरमा कारोबार भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया