कबिता : तिमीलाई खोज्दा खोज्दै

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर २८
|
6.7k views

म बाटो हेरिरहेँ
तिमी कहिले आउँछौं ?
तिम्रो द्रुत आगमनको
कल्पनामा चुर्लम्म डुबेर
क्षितिज पारि नियालिरहँदा पनि
तिमीलाई एक पटक
बाडुल्कीसम्म लागेन ?

      विहानी सूर्यको किरणसँगै
      तिमीमा समर्पित मेरा आँखाहरू
      गोधुली साँझसम्म एक टकले हेरिरहेँ
      तिम्रै आगमनको प्रतिक्षामा
      पारिलो घामको रापले समेत
      कति पनि न्यानोपनको अनुभूति भएन
      खोइ तिमीले बुझेको ?

      सपनीमै भए पनि
      तिम्रो मधुर आवाजमा
      अफैभित्र हराउन चाहन्थे
      पलभर भए पनि मुस्कुराउन चाहन्थे
      तर अभावको छटपटीले
      आँखामा आँसु मात्र टल्पलाइरे
      अझै कति तड्पाउँछौँ, ए ! निष्ठुरी ?

      तिमीलाई खोज्दा खोज्दै
      कतै म हराएँ भने
      त्यसपछि कल्पनासम्म गर्न सक्दिनँ
      अभावको पीडा
      अनि सम्झनाको छटपटीले
      पोलेको यो मनले
      कतै विद्रोह त जन्माउने होइन ?

       पात्रो/राशिफल  रेडियो YouTube