कबिता : नेताका कुरा र ब्यवहार

लेखक : भुपेन्द्र थापा (माधव)

यता हेर्यो-उता हेर्यो अपराधी नेता!
अंगार झै मन छ यीनको लाउँछन् लुगा सेता!!
जनताको दु:ख कष्टमा हुन्नन् कहिले भेला!
परिवारको स्वार्थ सामु लाउँछन् ठुलै मेला!!

ठुला-ठुला भाषण मात्र समृद्धिका कुरा!
गरिव,दुःखी असायलाई घोच्छन् यीनले छुरा!!
डाँकाले झै लुट्न यीनलाई चाँहिदैन कुना!
सिधा-साधा जनताको भाँच्दै हिड्छन् मुना!!

झुट,लुट र गुटको नशामा संधै लठ्ठिएर हिड्छन्!
चुनाव ताका जनताको दैलो-दैलो धाउँछन्!!
संसद भित्र छिर्न नपाइ मालिकको भजन,कृतन गाउँछन्!
शोशित, पीडित जनताको सपनालाई बेची यीनले खान्छन्!!

दौरा सुरुवाल फेरिदैमा स्वभाव फेरिदैन!
जता-ततै चुँडिसक्यो अव जोडिदैन!!
झुटा कुरा र फुस्रा भाषणले अवस्था फेरिदैन!
अनेक थरी माखेसाङ्लो अव तोडिदैन!

फेसबुकबाट तपाईको प्रतिक्रिया