२०८२ भाद्र ६ | Aug 22, 2025

कमल थापालाई भेट्न गएका दिपक सिंह पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १८

ललितपुर । राप्रपा सांसद दिपक सिंह काठमाडौं प्रहरी परिसरबाटै पक्राउ परेका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न गएका सिंह पक्राउ परेका हुन् ।
प्रहरीमाथि दुव्र्यवहार गरेकाले नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।
सांसद सिंहसँगै राप्रपा प्रवक्ता तथा प्रचार विभागका प्रमुख मोहनकुमार श्रेष्ठ पनि गएका थिए ।
सिंहसँगै पक्राउ पर्नेको संख्या ८ पुगेको छ । यसअघि राप्रपा नेपालका अध्यक्ष तथा पूर्वगृहमन्त्री थापासहित सातजनालाई प्रहरीले निषेधित क्षेत्र तोड्न खोज्दा पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा ललितपुर जावलाखेलकी शिला राणा, भक्तपुर थिमिका राकेश बस्नेत, नुवाकोटको पञ्चकन्या नगरपालिका–१ का रामचन्द्र लामिछाने, टोखा नगरपालिका–२ का विनोद कपाली, भक्तपुर चाँगुनारायणकासरोज तिमिल्सिना र राजीव झा छन् ।
राजावादी प्रदर्शनमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया