लोकराज अधिकारी
ललितपुर । करिब ६ महिना अघि चर्चित टेलिभिजन कार्यक्रम ’कमेडी च्याम्पियन’ का निर्माता तथा निर्देशक विशाल भण्डारीले विगत एक वर्ष देखि आफूलाई आर्थिक तथा मानसिक यातना दिइएको गुनासो सार्वजनिक गरेका थिए ।
गैर आवासीय नेपाली (एनआरएन) सदस्य रहेको एक व्यक्तिले लगानीको नाममा सम्झौता विपरीत व्यवहार गर्दै आफूमाथि दुःख दिएको उल्लेख गरेका थिए । कम्पनीको खाता रोक्ने, कार्यक्रम रोक्न मुद्दा हाल्ने, धम्क्याउने काम गरेर काम गर्नै नसक्ने बनाइएको उनको गुनासो थियो ।
मङ्गलवार भने भण्डारीले विगतको तनाव र यातनाबाट मुक्त भएको जानकारी दिएका छन् ।
साथ सद्भाव र चासो राख्ने प्रिय दर्शक र शुभचिन्तकको लागी ,भन्दै फेसबुकमा लेखेका छन्
विगत ११/१२ महिना बाट हाम्रो टिमले भोगिरहेको कानुनी झमेलाबाट आजको दिनबाट मुक्त भएका छौ । कम्पनीको सम्पूर्ण कानुनी अड्चन फुकाएर अब फेरि Comedy Champion Season 1 गर्दाकै अवस्थामा आएका छौँ । विगतमा भोगेका पिडा र गएको पैसा भन्दा ठुलो अन्त्यमा मानसिक शान्ति हो भन्ने निर्णयमा पुगेर सबै मुद्दा मामिलामा मिलापत्र गरेर अगाडि बढेका छौँ ।
पैसा कमाइएको थियो र त गयो फेरि कमाइन्छ किनभने काम गर्ने हौसला र IDEA गएकै छैन र कसैले लानै सक्दैन ।
यो ११ महिनाको दौरान हाम्रो समस्या सुनेर सर सल्लाह दिने त कति थिए कति । तर साँच्चै समस्या बुझेर धैर्यता राखेर वास्तविक रूपमा हामीलाई साथ दिने केही नाम आज मैले सम्झनै पर्ने हुन्छ OSR DIGITAL को Om Prakash Agrawal Sumitra Thapa र टिम | Khem Sangroula Aryal TN र EXPERT EDUCATION CONSULTANCY & VISA SERVICES को टिम । कागेश्वरि मनोहरा नपा वडा नं६ का वडा अध्यक्ष Prakash Phuyal सर प्रति हृदय देखि नै आभारी छौ ।
अन्तिममा सहजता गराउन भूमिका खेल्नुहुने Rajendra Dev Pandey सर र Thakur Prasad Dhungana सरलाई पनि धेरै धेरै धन्यवाद । समस्याको बेला दिन रात सँग सँगै हिँडेर म छु दाइ नआत्तिनु भन्ने Jay Badal र Bishal Tripathi भान्जा र Dinesh Shankar भाइ लाई हाम्रो टिमको तर्फबाट धेरै माया ।
नयाँ उत्साह र जोशका साथ फेरि काम गर्दै छौँ , COMEDY CHAMPION season 4 लिएर आंउदै छौ र दर्शकको मन जित्दै अघि बढ्ने छौ माया साथ सद्भाव कायम राख्नु होला
धन्यवाद ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया