करिव साँढे २ अंकले बढ्यो नेप्से परिसूचक

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २१
|
561 views

ललितपुर - ललितपुर । आज नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। मंगलबार करिब साढे ४१ अंक घटेर बन्द भएको नेप्से बुधबार भने सामान्य अंक बढेर बन्द भएको हो।

बुधबार नेप्से परिसूचक २.३५ अंक बढेर २८३६.३५ विन्दुमा पुगेको छ। त्यस्तै, आज फ्लोट इण्डेक्स ०.११ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०४ अंक घटेको छ।

आज कारोबार रकम भने घटेको छ । मंगलबार ९ अर्ब ३३ करोडको कारोबार भएको शेयर बजारमा बुधबा भने ३२० स्टकको ९३ हजार १८५ पटकको कारोबारमा ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार रुपैयाँबराबरको २ करोड १६ लाख ५७ हजार कित्ता कारोबार भएको छ ।
करिव एक हप्तादेखि कारोबार रकम घटिरहेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube