Business Pati
  • गृहपृष्ठ
  • समाचार
  • अर्थ वाणिज्य
  • बैंक वित्त
  • शेयर बजार
  • बीमा
  • अन्तर्वार्ता/विचार
  • घर / घडेरी
  • राजनीति
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • खेलकुद
    • बजार
    • व्यापार र लगानी
    • कर्पोरेट
    • विज्ञान-प्रविधि
    • मनोरञ्जन
    • सुनचांदी
    • घुमफिर
    • मल्टिमिडिया
    • अटो
    • सडक
    • साहित्य
पात्रो/राशिफल VIDEO रेडियो
Business Pati
पात्रो/राशिफल VIDEO रेडियो
२०८२ आश्विन १६ | Oct 02, 2025
Business Pati
  • गृहपृष्ठ
  • समाचार
  • अर्थ वाणिज्य
  • बैंक वित्त
  • शेयर बजार
  • बीमा
  • अन्तर्वार्ता/विचार
  • घर / घडेरी
  • राजनीति
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • खेलकुद
    • बजार
    • व्यापार र लगानी
    • कर्पोरेट
    • विज्ञान-प्रविधि
    • मनोरञ्जन
    • सुनचांदी
    • घुमफिर
    • मल्टिमिडिया
    • अटो
    • सडक
    • साहित्य
२०८२ आश्विन १६ | Oct 02, 2025

करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ४
|
51 views

मलङ्गवा (सर्लाही) काभ्रेको धुलिखेलमा शनिबार करेन्ट लागेर ज्यान गुमाएका सर्लाहीको घारीबथानका उज्ज्वल भन्ने उपेश परियारको घरमा गाउँलेले मिलेर छानो हाली दिएका छन् । यही जेठ १ गते साँझ हावाहुरीले ईश्वरपुर नगरपालिका–१२ घारिबथानस्थित गोपी चोकका बासिन्दा उज्ज्वलको घरको छानो उडाएको थियो । छानो उडाएको दुई दिनपछि शनिबार उज्ज्वलको मृत्यु भयो । घारिबथानमा उहाँको घरबाहेक कसैको पनि क्षति भएको छैन । मृतकका बुवा केशव दमाई र श्रीमती सुशीला परियार पाँच वर्षको छोरा शिशिरलाई सँगै लिएर शव बुझ्न धुलिखेल पुुग्नुभएको छ । घरमा दृष्टिविहीन आमा विष्णु दमाई र उज्ज्वलकी आठ वर्षीया छोरी उर्मिला परियार मात्रै छन् । घटनापछि आज बिहान उज्ज्वलका दुई विवाहित दिदी र अन्य आफन्त घरमा आइपुगेका छन् । शव लिएर आएपछि काजकिरिया बस्ने ठाउँसमेत नरहेकाले गाउँले मिलेर उज्ज्वलको घरमा छानो छाउने काम गरेको छिमेकी फडिन्द्र पौडेलले जानकारी दिनुभयो । “यही घडेरी र घरबाहेक उज्ज्वल परिवारको केही छैन, कमाएर परिवारको गुजारा चलाउने मुख्य मान्छेसमेत गुमाएपछि यो परिवारको साहरा र आधार केही बाँकी रहेन”, उहाँले भन्नुभयो,“यो परिवारमा परेको दुःख देखेर सबै छरछिमेकी र आफन्त जम्मा भएर घरको मर्मत सम्भार तथा छानो हाल्ने काम गरिदिएका छौँ ।” मृतकका आफन्त भैरब परियारले परिवारको मुख्य सहारा गुमेपछि निकै समस्या भएको बताउनुभयो । “आमा दुवै आँखा देख्दिनन्, बुबाको बुताबाट कुनै आम्दानी हुने अवस्था छैन् । श्रीमतीले घर हेरेर बसिदिँदा उज्ज्वलले कमाएको पैसाले परिवार चलिरहेको थियो”, परियारले भन्नुभयो, “उज्ज्वलको प्राण गएसँगै यो परिवारको त बिचल्ली हुने अवस्था आएको छ ।”
परिवारले दिएको जानकारीअनुसार उज्ज्वल केही समयदेखि धुलिखेल क्षेत्रमा विस्तार भइरहेको हाइटेन्सन लाइनमा ठेकेदारमार्फत मजदुरको रूपमा काम गरिरहनुभएको थियो । शनिवार धुलिखेल नगरपालिका–७ स्थित जिल्ला प्रशासन कार्यालय काभ्रे अगाडि हाइटेन्सन लाइनको खम्बामा चढेर काम गरिरहेका बेला एक्कासी विद्युत् लाइन छोड्दा उहाँको घटनास्थलमै मृत्यु भएको थियो । ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यले मृतक उज्ज्वलको शव घर ल्याउन र राज्यले प्रदान गर्ने राहत रकमका लागि आफूले काभ्रे प्रशासन तथा त्यहाँका जनप्रतिनिधिसँग समन्वय गरिरहेको बताउनुभयो । नगरपालिकाको तर्फबाट मृतकको परिवारको घर निर्माणका र अन्य सहयोगबारे कार्यपालिका बैठकमा छलफल गरिने उहाँले बताउनुभयो ।

थप समाचारहरु

बराहक्षेत्रमा कुम्भमेला : तीस लाख पर्यटक भित्र्याउने लक्ष्य एक सटमा खिचिएको ‘घुर्रा’ले पायो उत्कृष्ट सर्टफिल्म अवार्ड, फिल्ममा ‘चिसो मान्छे’ Default Thumbnailसानिमा बैंकको दराजसंग “नव बर्ष उत्सव” योजनाका लागि सहकार्य वैशाख १ देखि ठमेल २४ सैँ घण्टा खुल्ने, व्यवसायी उत्साहित वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै आगामी १५ बर्षमा बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गरिनेछ : श्रममन्त्री अर्याल तेस्रो लगानी सम्मेलन आज हुँदै, ९ खर्ब बराबरका एक सय ५१ परियोजना प्रस्तुत गरिँदै अशोक राईको नेतृत्वमा जसपा फुट्यो, उपेन्द्रको साथमा कति भाइ ? Default Thumbnailकेबुलकारका स्रष्टा उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारेको किताब सार्वजनिक ३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल सिरोहिया पक्रन आनाकानी गरेपछि आईजीपीसँग रिसाएका थिए लामिछाने कुन-कुनमा बढ्यो कर ? रसियाको फिल्म फेस्टिभलको फाईनलमा नेपालको लघुचलचित्र ‘द स्कुल वाल’ हेयर एण्ड शान्तिमा प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाइ विशेष छुट ज्योति विकास बैंकको मोबाईल बैंकिङ्गबाट हवाई टिकट खरिदमा ५०० रुपैयाँ क्यासब्याक त्रिपन्न लाख बढीमा बागवानीको आँप ठेक्कामा आइतबार सार्वजनिक बिदा आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा अपडेट

  • दसैँको मुख्य दिन: विजयादशमी पर्व मनाइँदै
  • यस्तो छ आजका लागि तरकारी र फलफूलको थोक मूल्य
  • सय वर्षभन्दा पुरानो ऐतिहासिक ब्रह्मा मन्दिरमा गजूर स्थापना
  • विचारः क्रिकेटद्वारा कठिन परिस्थितिमा नेपाललाई ऐतिहासिक उपहार
  • यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार
  • निर्धारितभन्दा बढी भाडादर असुल्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गरिने
Businesspati
  • प्रमुख सल्लाहकार : दिपेन्द्रबहादुर क्षेत्री (पुर्वगभर्नर)
  • कानुनी सल्लाहकार : भरतराज सुबेदी
  • अध्यक्ष/प्रधानसम्पादक : हरिप्रसाद तिमल्सिना
  • प्रबन्ध सञ्चालक : रामचन्द्र बस्नेत
  • निर्देशक : टिका प्रसाद तिमल्सिना
  • सम्पादक : साबित्री तिमल्सिना
  • कार्यकारी सम्पादक : लोकराज अधिकारी
  • सहसम्पादक : निता ढुगेंल
  • मल्टिमिडिया संयोजक :प्रकाश धिताल
  • बजार ब्यवस्थापक : जनार्दन प्र उपाध्याय
  • बजार प्रतिनिधि : भिम शर्मा पौडेल

सम्पर्क

बिजनेस पाटी मिडिया प्रा. लि.

  • धापाखेल, ललितपुर, नेपाल
  • सूचना विभाग दर्ता नं. : १२७/०७३-७४
  • 01-5253584, 9745366039
  • businesspati@gmail.com

विज्ञापनका लागि सम्पर्क

Email: businesspati@gmail.com
Contact: 9841362663,9745366038

सामाजिक संजाल

Follow us on Facebook

© 2025, All Rights Reserved, Business Pati