Business Pati
  • होमपेज
  • समाचार अपडेट
  • समाचार
  • बिजनेस
    • बैंक वित्त
    • शेयर बजार
    • बीमा
    • कर्पोरेट
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुनचांदी
    • खेलकुद
    • कृषि
    • विज्ञान-प्रविधि
    • साहित्य
    • व्यापार र लगानी
    • अन्तर्वार्ता/विचार
    • घर / घडेरी
    • धार्मिक
    • सम्पादकीय
पात्रो/राशिफल रेडियो Video YouTube
Business Pati
२०८२ चैत्र २५ | Apr 08, 2026
Business Pati
२०८२ चैत्र २५
  • होमपेज
  • समाचार अपडेट
  • समाचार
  • बिजनेस
    • बैंक वित्त
    • शेयर बजार
    • बीमा
    • कर्पोरेट
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुनचांदी
    • खेलकुद
    • कृषि
    • विज्ञान-प्रविधि
    • साहित्य
    • व्यापार र लगानी
    • अन्तर्वार्ता/विचार
    • घर / घडेरी
    • धार्मिक
    • सम्पादकीय

करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ४
|
306 views
मलङ्गवा (सर्लाही) काभ्रेको धुलिखेलमा शनिबार करेन्ट लागेर ज्यान गुमाएका सर्लाहीको घारीबथानका उज्ज्वल भन्ने उपेश परियारको घरमा गाउँलेले मिलेर छानो हाली दिएका छन् । यही जेठ १ गते साँझ हावाहुरीले ईश्वरपुर नगरपालिका–१२ घारिबथानस्थित गोपी चोकका बासिन्दा उज्ज्वलको घरको छानो उडाएको थियो । छानो उडाएको दुई दिनपछि शनिबार उज्ज्वलको मृत्यु भयो । घारिबथानमा उहाँको घरबाहेक कसैको पनि क्षति भएको छैन । मृतकका बुवा केशव दमाई र श्रीमती सुशीला परियार पाँच वर्षको छोरा शिशिरलाई सँगै लिएर शव बुझ्न धुलिखेल पुुग्नुभएको छ । घरमा दृष्टिविहीन आमा विष्णु दमाई र उज्ज्वलकी आठ वर्षीया छोरी उर्मिला परियार मात्रै छन् । घटनापछि आज बिहान उज्ज्वलका दुई विवाहित दिदी र अन्य आफन्त घरमा आइपुगेका छन् । शव लिएर आएपछि काजकिरिया बस्ने ठाउँसमेत नरहेकाले गाउँले मिलेर उज्ज्वलको घरमा छानो छाउने काम गरेको छिमेकी फडिन्द्र पौडेलले जानकारी दिनुभयो । “यही घडेरी र घरबाहेक उज्ज्वल परिवारको केही छैन, कमाएर परिवारको गुजारा चलाउने मुख्य मान्छेसमेत गुमाएपछि यो परिवारको साहरा र आधार केही बाँकी रहेन”, उहाँले भन्नुभयो,“यो परिवारमा परेको दुःख देखेर सबै छरछिमेकी र आफन्त जम्मा भएर घरको मर्मत सम्भार तथा छानो हाल्ने काम गरिदिएका छौँ ।” मृतकका आफन्त भैरब परियारले परिवारको मुख्य सहारा गुमेपछि निकै समस्या भएको बताउनुभयो । “आमा दुवै आँखा देख्दिनन्, बुबाको बुताबाट कुनै आम्दानी हुने अवस्था छैन् । श्रीमतीले घर हेरेर बसिदिँदा उज्ज्वलले कमाएको पैसाले परिवार चलिरहेको थियो”, परियारले भन्नुभयो, “उज्ज्वलको प्राण गएसँगै यो परिवारको त बिचल्ली हुने अवस्था आएको छ ।”
परिवारले दिएको जानकारीअनुसार उज्ज्वल केही समयदेखि धुलिखेल क्षेत्रमा विस्तार भइरहेको हाइटेन्सन लाइनमा ठेकेदारमार्फत मजदुरको रूपमा काम गरिरहनुभएको थियो । शनिवार धुलिखेल नगरपालिका–७ स्थित जिल्ला प्रशासन कार्यालय काभ्रे अगाडि हाइटेन्सन लाइनको खम्बामा चढेर काम गरिरहेका बेला एक्कासी विद्युत् लाइन छोड्दा उहाँको घटनास्थलमै मृत्यु भएको थियो । ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यले मृतक उज्ज्वलको शव घर ल्याउन र राज्यले प्रदान गर्ने राहत रकमका लागि आफूले काभ्रे प्रशासन तथा त्यहाँका जनप्रतिनिधिसँग समन्वय गरिरहेको बताउनुभयो । नगरपालिकाको तर्फबाट मृतकको परिवारको घर निर्माणका र अन्य सहयोगबारे कार्यपालिका बैठकमा छलफल गरिने उहाँले बताउनुभयो ।

थप समाचारहरु

No related posts.

Businesspati

बिजनेस पाटी मिडिया प्रा. लि.

  • धापाखेल, ललितपुर, नेपाल
  • सूचना विभाग दर्ता नं. : १२७/०७३-७४
  • 01-5253584, 9745366039
  • businesspati@gmail.com

Quick Links

  • हाम्रो टिम
  • सम्पादकीय
  • सुनचांदी

Our Team

प्रमुख सल्लाहकार

दिपेन्द्रबहादुर क्षेत्री (पुर्वगभर्नर)

कानुनी सल्लाहकार

भरतराज सुबेदी

अध्यक्ष/प्रधानसम्पादक

 हरिप्रसाद तिमल्सिना

प्रबन्ध सञ्चालक

रामचन्द्र बस्नेत

सम्पादक

साबित्री तिमल्सिना

संयोजक

प्रकाश धिताल

View All
पात्रो/राशिफल रेडियो Video YouTube
For Advertisement
  • Email: businesspati@gmail.com
  • Contact: 9841362663,9745366038
© 2026, All Rights Reserved,Business Pati Media Pvt. Ltd.
 पात्रो/राशिफल  रेडियो YouTube