कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष तथा तत्कालिन सिईओ राजेन्द्र बीर राय पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १८
|
714 views

ललितपुर - ललितपुर । कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा धेरैपटक सञ्चालक समितिमा अध्यक्षको पदमा रहेका राजेन्द्र वीर राय पक्राउ परेका छन्।

उनलाई ५० करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा नेपाल प्रहरीले शनिवार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहियाबाट पक्राउ गरेको हो।

लामो समयदेखि फरार रायलाई नेपाल राष्ट्र बैंकको समन्वयमा सिआइबीबाट खटिएको अनुसन्धान टोलीले रायलाई हिजो पक्राउ गरेको छ ।

उनीमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत थप अनुसन्धान भइरहेको छ।
नी २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेबाट उम्मेद्वार बनेर पराजित भएका थिए।

 पात्रो/राशिफल  रेडियो YouTube