कलाकारिताको धरोहर मूर्तिकार बालकृष्ण तुलाधरको निधन

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर २५
|
918 views

ललितपुर - ललितपुर । वरिष्ठ मूर्तिकार बालकृष्ण तुलाधरको आज (विहीबार) निधन भएको छ । उनको ९१ वर्षको उमेरमा उनको निधन भएको हो ।

सहिदगेटमा स्थापित राजा त्रिभुवनको शालिकलगायत सहिद गङ्गालाल, दशरथचन्द, धर्मभक्त र शुक्रराजको शालिक तथा त्यहाँ रहेका चारवटा तस्बिर उहाँका सिर्जना हुन् ।

त्यसैगरी, टुँडिखेलको सैनिक मञ्चमा रहेका छ जना सिपाहीको शालिक, बनेपा चौबाटोमा रहेको त्रिभुवनको शालिक, शोभाभगवतीमा रहेको अर्धकदको गणेशमान सिंहको शालिक तथा त्रिमूर्ति ९लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल र वालकृष्ण सम०का शालिक उनका कलाकारिताका नमूना हुन् ।

विसं १९९२ मा काठमाडौँको यट्खा टोलमा जन्मनुभएका तुलाधरका चार छोरा र तीन छोरी हुनुहुन्छ ।

 पात्रो/राशिफल  रेडियो YouTube