कविता : अभिमन्यू

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २
|
1.9k views

ललितपुर - रुपा रिसाल

पुस्तैनी सन्त्रासमा बाँचेका 

    ए सर्व श्रेष्ठ मनुवा तिमीले

    सधैँ शिरमाथि राखिएको 

    तैनाथ हतियारधारी रक्षक

    भनाउँदाका चण्ड मुण्डद्वारा

    रचिएको भुलभुलैया चोकमा

    दिउँसो मध्याह्न रणसङ्ग्राम परी

    चक्रव्यूह कौरवद्वारा मारिएका

    हाम्रो अभिमन्यूलाई देख्यौ ?

    निर्भीक रगताम्य अनुहारमा 

    टाउका छातीको ढाल बन्दै 

    कापी कलम ढाडमा बोकेका

    सरस्वतीका पुत्रको हुङ्कार मा

      वीरगतिमा तड्पिँदै रणभूमिमा

      विशाल जुलुसमाथि ढलेको ।

      भविष्यका कर्णधार योद्धाको 

      चिता माथि तपतप झर्दै गएछन्

      शिव पार्वतीको आँखाका अश्रु धारा 

      करोडौँ नेपालीको मुटुका टुक्रा

      आज आर्यघाटमा भाविह्वल बन्दै 

      धुवा धुवाँले भरिएको दूषित पवन ।

      कुरुक्षेत्रमा बगे रगतको आहाल

      डुबुल्की मार्न तम्तयार कौरवहरू

      पौँठे जोरी खोज्दै बिउँतन सक्छ

      रक्तबीजको रूपमा जन्मँदै सक्छ

      भूतप्रेतको पिचास रूप सलबलाउँदै 

      हाम्रा असङ्ख्य अभिमन्यू मारेर ।

       पात्रो/राशिफल  रेडियो YouTube