२०८२ फाल्गुन ६ | Feb 18, 2026

कविता : दिदी

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ९
|
816 views

रुपा रिसाल
मुटुभरी माया साट्ने दिदीको
नौडाँडा काटेपछि पराई भई रे
हुन त सबै अटाए मटानमा
गलैँचामा बसेर भोज खाँदा
बुईगलमा एक्लै हजुरआमाको
बृद्ध चित्त देख्नु भएको छ ।
अस्ति पित्तको अपरेसन गरेदेखि
ग्यास्टिक बढेछ न्याय नमिल्दा
अदालतले आमाको नामको
नागरिकता बनाउन जाँनेको
बेईज्जत रातो सारीले अपमान खेप्यो ।

दिदीको कमलो मन अझै माईतीको
यादले बारम्बार ढोका ढकढक्याउँछ
सपनामा पनि ऊ निकै बरबराउँदैछे
बारीमा डल्ला फोरेर तोरी फुलाउँछे
आखिर पराई बनाउने सृष्टि नरचेको भए
ईश्वरका आँखा पनि कहिले रसाउने थिएन ।

जन्मेदेखि मृत्युसम्म त्यही रातो रङ्गको भर
अनि सानु खशीसँगै मुस्काउने दिदी
पर उडेका परेवाको शान्तिपूर्ण सन्देश
माईती सम्झेर नरुनु है आमाको भरोसामा
बलवान् भै पौरखी हातले आफ्नै दुनियाँमा
रमाई आत्म विश्वासमा रातो सारी लगाएर
छमछम नाँच्छिन् चोटा कोठा भरी तिनी
हाम्री राम्री दिदी पाउजुको ताल लजाएर ।

फेसबुकबाट तपाईको प्रतिक्रिया