कविता – बाल संज्ञान 

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख ११
|
1.1k views

उमङ्ग शाह

ललितपुर - आजको खल्लो दृश्यमा ती रङ्ग नै कहाँ छन् र!
इन्द्र धनुषका गोरेटामा हिँड्दा त कहिले पातालका गहिराइ नाप्दा,
निश्चल निष्कपट मुस्कान बोक्दै बालखामा चाखेको ब्रह्माण्डको स्वाद!

आजको हल्लामा त्यो मौनता नै कहाँ छ र !
चमत्कारी ती शब्द जसलाई कुनै अर्थ चाहिन्नथ्यो,
केही डर अनि हजारौँ निशब्द सपना बोक्दै,
दीक्षा बिनै उब्जिएका ती प्रेमभाव !

      आजको सत्यतामा त्यो निष्ठा नै कहाँ छ र !
      सुनकेस्री कपाल, कैयौँ चमत्कार सुन्दै,
      वायुपंखी अश्व चढी अनेक लोक घुम्दै,
      मिथ्या समेत चोख्याउने ती नि:शर्त साथ !

      आजका सोधमा गहिराइ नै के छ र !
      गतिशीलतासँगै अनेक लहरहरू बटुल्दै,
      बातैपिच्छे अनन्त उत्तर खोज्दै ,
      मूल्याङ्कन होइन साथ रोज्ने ती प्रश्नहरू !कति मिठा ! कति सुन्दर ! कति निश्चल ! कति घनीभूत !
      बालखामा चाखेका ती ब्रह्माण्डको स्वाद !

       पात्रो/राशिफल  रेडियो YouTube