२०८२ आश्विन १६ | Oct 02, 2025

कांग्रेसले साउनदेखि नयाँ क्रियाशील सदस्यता वितरण गर्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ७
|
153 views

ललितपुर । नेपाली कांग्रेसले आगामी साउनदेखि नयाँ क्रियाशील सदस्यता वितरण गर्ने भएको छ । क्रियाशील सदस्यता व्यवस्थापन समितिको बुधवार बसेको बैठकले असार मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणको काम सक्ने र साउनबाट नयाँ क्रियाशील सदस्यता वितरणको काम थाल्ने निर्णय गरेका हो ।
महामन्त्री गगन थापा नेतृत्वको समितिको बैठकले नयाँ क्रियाशील सदस्यता जातजाति, वर्ण, लिंग, पछिल्लो पटकको मतभारको प्रतिशत, जनसंख्याको आधार, पार्टीले पाएको मतको आधारमा प्रतिशत निर्धारण गरेर दिने निर्णय पनि गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया