२०८२ आश्विन १६ | Oct 02, 2025

कांग्रेस-एमालेबीच मध्यराति सहमति, फेरी ओली हुनेभए प्रधानमन्त्री

BusinessPati बिजनेस पाटी
|
२०८१ असार १८
|
612 views

काठमाण्डौ १८ असार २०८१

संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच सत्ता सहकार्य गर्ने सहमति भएको छ। कांग्रेस र एमालेले संविधान संशोधन गर्ने एजेन्डासहित सहमति गरेपछि प्रचण्ड नेतृत्वको वर्तमान सरकार विघटनको संघारमा पुगेको छ।

पटकपटकका छलफलपछि एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाले सोमबार मध्यराति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

दुई दलबीचको सहमति अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नेछन् भने दोस्रो चरणमा नेतृत्व कांग्रेस सभापति देउवाले गर्नेछन्।

उनीहरुबीच निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गर्न सुझाव आयोग बनाउने समझदारी बनेको छ। स्रोतका अनुसार कांग्रेस र एमालेले संविधान संशोधन गरेर समानुपातिक निर्वाचन प्रणाली हटाउन चाहेका छन्।

दुई दलबीच आयोगले दिने सुझावका आधारमा संविधान संशोधन गर्ने र निर्वाचन प्रणाली सुधार गरी राजनीतिक स्थायित्व प्रत्याभूत गर्ने सहमति भएको छ।

सुरुमा नेतृत्व गर्ने एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति दुई दलबीच भएको छ। यससँगै प्रदेश सरकारमा पनि दुई दलले ३ ३ प्रदेश बाँडेर लिने सहमति गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया