२०८२ बैशाख १९

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले भोली अर्थात् वैशाख २० गते शनिबार दिउँसो एक बजे संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्नेगरी दलको बैठक बोलाएको सिंहदरबारस्थित दलको कार्यालयले जानकारी दिएको छ ।
शनिबार बस्ने संसदीय दलको बैठकमा नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटबारे छलफल हुने जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया