२०८२ भाद्र ६ | Aug 22, 2025

कागले गरायो सिंहदरबारभित्र विद्युत् सेवा अवरुद्ध

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २१

काठमाडौं । बुधबार सिंहदरबारभित्र विद्युत् सेवा अवरुद्ध भएको छ । आज देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा विद्युत् आपूर्ति बन्द भएसँगै कामकाज ठप्प भएको हो ।

नेपाल विद्युत प्राधिकरणले कागका कारण विद्युत आपूर्तिमा समस्या भएको बताएको छ । विजुलीको तारमा काग आएर बसेका कारण दुईवटा तार एक आपसमा जुधेपछि विद्युत्सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिएका छन् ।

बुधबार दिनभरजसो दुईवटा कागकै कारण सिंहदरबारको विद्युत सेवा अवरुद्ध हुँदा कामकाज ठप्प भएको छ । यसको समाधानको लागि टोली पुगिसेको छ,” ढकालले भने, “प्रधानमन्त्री कार्यालयबाहेकका सबै मन्त्रालयमा बत्ती गएको छ ।”

ढकालका अनुसार प्रधानमन्त्री कार्यालयमा छुट्टै फिडर भएका कारण विद्युत् अवरुद्ध नभएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया